पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

शेयेर गर्नुहोस


टीकापुर ०१ फागुन /
कर्णाली माद्यामिक बिधालय टीकापुरमा अपांगता भएका बालबालिकाहरुका लागी पालिका स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सम्पन्न भएको छ ।
कर्णाली माविकी करिस्मा रावल प्रथम ।
पालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा “फरक क्षमता समान अधिकार” भन्ने विषयमा सम्पन्न भएको हो । प्रतियोगितामा कर्णाली माद्यामिक बिधालय टीकापुरकी छात्रा करिस्मा रावल प्रथम भएकी छन् । त्यसैगरी खड्ग स्मृति माद्यामिक बिधालय टीकापुरका छात्र मनराज शाही दृतिय, कर्णाली माद्यामिक बिधालय टीकापुरकै छात्र ध्रुव देवकोटा तृतीय र जनजागृति माद्यामिक बिधालय टीकापुरकी छात्रा तिलसरा रावलले सान्तवना स्थान हासिल गरेका छन् । विजेता विद्याथिहरुलाई कप र स्टेशनरी सामाग्री पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रम समावेशी परियोजना अन्तर्गत सेवक नेपालको आयोजना र गुड नेवर्स ईन्टरनेशल नेपालको आर्थिक सहयोगमा भएको हो । कार्यक्रममा टीकापुर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख संगिता शाहाले अपांगता भएकाहरुलाई फरक छमताका भन्दा उनिहरुलाई चोट पर्ने भएकाले यस्ता शब्द नभन्न अनुरोध गर्दै उनले कार्यक्रमको शिर्षक छानोट गर्दा बालबालिकाको उमेर र तहलाई ध्यान दिन सुझाव दिएकी छन् ।
कार्यक्रममा खड्ग स्मृति माद्यामिक बिधालय टीकापुरका शिक्षक हृदयराज रेग्मी, जनजागृति माद्यामिक बिधालय टीकापुरका शिक्षक चन्द्र चौधरी, सेवक नेपालका प्रतिनिधी लखराम चौधरी लगायतले बोलेका थिए ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *