पुर्व बजेट बारे सरोकारवालासँग अन्तरक्रिया

शेयेर गर्नुहोस


टीकापुर ०६ जेठ /
जानकी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ को नीति, योजना, कार्यक्रम र पूर्व वजेट सम्बन्धि सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागीहरुले अबको निति तथा कार्यक्रममा शिक्षालाई गुणस्तरिय, प्रभावकारी बनाउन अंग्रेजी माध्यममा पढाई, विषयगत शिक्षक दरबन्दी मिलान, अविभावक सचेतनाका कार्यक्रम, विपन्न बालबालिका सहयोग, संस्थागत विद्यालय प्रोत्साहन जस्ता कार्यक्रम राख्न सुझाव दिएका छन् । साथै स्वास्थ्य क्षेत्रमा स्वास्थ्य संस्थामा आकस्मिक सेवा, सरसफाईको कार्यक्रम, फोहोर व्यवस्थापन, शुद्ध खानेपानी विस्तारको कार्यक्रम समेट्न पनि आग्रह गरे ।
कृषिमा उत्पादनमा आधारित अनुदान सहयोग कार्यक्रम, एक वडा एक उत्पादन, कृषि सहकारी, प्राङ्गारिक मल, उत्पादन कार्यक्रम ल्याउनु पर्नेमा सहभागीको जोड थियो । त्यसैगरी भौतिक पूर्वाधारमा पानी पिच, सडक मर्मत, अपाङ्गमैत्री संरचना निर्माण जस्ता निति तथा योजना र कार्यक्रम ल्याउनु पर्ने सुझाव दिएका छन् ।
यस्तै रोगजार मुलक तालिम, सीप, दुर्व्यसन नियन्त्रण कार्यक्रम, वातावरण संरक्षण लगायतको कार्यक्रम र योजना बजेट ल्याउनु पर्ने सुझाव राखेका छन्,
कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेश चौधरीकोले समाज राम्राे बनाउनका लागी सबैको सहकार्य र समन्वय हुनुपर्ने बताएका छन् । उनले भबिस्यका लागी राम्राे हुने क्षेत्रमा लगानी गर्ने नीति तथा कार्यक्रममा जोड दिने बताए ।
पालिकाका सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले कार्यक्रम माथी प्रकाश पारेका थिए भने सञ्चालन नेत्र प्रसाद जैशीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *