शेयेर गर्नुहोस
भजनी १९ कार्तिक /
त्रीनेत्र ब्राइट फ्युचर प्याब्सन भजनी कप यु १४ पालिका स्तरीय अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता २०८३ सम्पन्न भएको छ ।
प्रतियोगिताको छात्रातर्फ मल्टिपल स्कुल भजनीले उपाधी हात पारेको छ । मल्टिपल र घोडताल बीचको खेलमा मल्टिपल स्कुल भजनि जित निकाल्दै उपाधी जितेको हो । त्यसैगरी छात्रतर्फ एभर ग्रीन बोर्डिङ स्कुलले उपाधी जितेको छ । छात्रतर्फ मदरल्याण्ड इङलिस बोर्डिङ स्कुललाई पराजित गर्दै एभर ग्रीनले उपाधी हासिल गरेको छ ।
प्रतियोगिताको उत्कृष्ट विधामा छात्रा तर्फ
Best Keeper मा मल्टिपल स्कुलकी लक्ष्मी साउद, Best Scorer मा घोडतालकि रोशनी न्यौपाने पुरस्कृत भएका छन् । उता उत्कृष्ट विधामा छात्र तर्फ Best Keeper मा एभर ग्रीनका अर्जुन धामी, Best Scorer मा सोही स्कुलका विकास जोशी र Best Defender मा मदरल्याण्डका दिपक राज बुढा पुरस्कृत भएका छन् ।
प्रतियोगिताको Player of the tournament इभर ग्रीनका अनिश भण्डारी घोषित भएका छन् भने The Rising Player एटिएसका अनमोल साउँद भएका छन् ।
समापन कार्यक्रममा भजनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोज राज भट्ट प्रमुख अतिथि रहेका थिए ।










