प्रधानन्यायाधीश विरुद्ध महाभियोग दर्ता

शेयेर गर्नुहोस


समाधान समाचार, काठमाडौ ०१ फागुन /
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ ।
आइतबार बिहान ११ बजेर १० मिनेटमा ९८ सांसदले प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । महाभियोग प्रस्ताव लिएर कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलका सांसदसंसद् सचिवालय पुगेका थिए ।
सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव कार्यव्यवस्थामा दर्ता भएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *