प्रहरीद्वारा अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०५ जेठ /
ईलाका प्रहरी कार्यालय टीकापुरले टीकापुर अस्पताललाई अक्सिजन सिलिन्डर रिफिल सहयोग गरेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरले कार्यालय र अस्थायी ट्राफिक पोष्ट टीकापुरका प्रहरीले स्वस्फूर्त रुपमा रकम संकलन गरि ५२ हजार बराबरको करिब ४० थान अक्सिजन सिलिन्डर रिफिल गरेर टीकापुर अस्पताललाई उपलब्ध गराएको छ ।
टीकापुर अस्पतालमा अक्सिजन सिलिन्डरको चरम अभावलाई मध्यनजर गर्दै ईप्रका टीकापुरले यस्तो परिस्थितिलाई मध्यनजर गर्दै बुधबार उक्त अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको हो । टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्र रावल, उद्योग वाणिज्य संघ टीकापुरका अध्यक्ष रामबहादुर भण्डारी एवं कार्यालयका प्रहरीको उपस्थितिमा ईप्रका टीकापुरका प्रमुख डिएसपी मधुसूदन न्यौपानेले अस्पताल व्यवस्थापन समितीका अध्यक्ष दिपक बहादुर रावललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको कार्यालयले जानकारी दिएको छ । डिएसपी न्यौपानेका अनुसार कार्यालयमा कार्यरत सबै प्रहरीले पाँच सयका दरले रकम संकलन गरेर अक्सिजन सिलिन्डर रिफिल गरि अस्पताललाई हस्तान्तरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *