बल्ल खोले रेशमले मुख

शेयेर गर्नुहोस


टीकापुर १९ साउन/
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी भित्रको विवाद उत्कर्षमा पुगेका बेला मुख खोलेका छन् ।
उनले आफूलाई धेरै थारु अगुवाहरूले समाप्त होस् भन्ने चाहना राखेको बताएका हुन । सामाजिक सञ्जालमा उनले जेलबाट आफूलाई ननिस्कोस् भन्ने चाहना राख्नेहरूले अहिले पनि जेलमा रहेका अरू बन्दी नछुटुन् र आफू पनि समाप्त होस भन्ने चाहना राखेको बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मेरा धेरै थारु अगुवाहरू जेलबाट मलाई ननिस्कोस् भन्ने चाहना राख्दथे साथै अहिले पनि जेलमा रहेका अरू बन्दी कुनै पनि हालतमा नछुटुन् र रेशम चौधरी समाप्त होस भन्ने यिनको चाहना हो ।’
टिकापुरमा द्वन्द्व गराउने पनि उनीहरुनै रहेको चौधरीको आरोप छ । उनले राजबन्दीको नाममा फाइदा लिने र अहिले भाग नपाएर विरोध गर्ने गरेको टिप्पणी गरे गरेका छन् । ‘हिजो टिकापुर द्वन्द्व गराउने पनि यिनै हुन् । राजबन्दीको नाममा कुम्ल्याउने पनि यिनै हुन् । अहिले भाग नपाएर जथाभाबी भुक्ने पनि यिनै हुन्’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । चौधरीले नङ्गाको कुनै इज्जत बेइज्जत नहुने र नाङ्गिएको मान्छे सधैँ अरूलाई नङ्ग्याउन प्रयत्नरत हुने गरेको समेत सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।

ताजा खबर

भुकम्पका ठूलो धक्का

ऐंठनलाई मदन पुरस्कार

अब किस्तामा पनि धारा जडान हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *