बाढी तथा डुबानको जोखिम न्यूनीकरणका लागि अात्मरक्षा तालिम

शेयेर गर्नुहोस


खेमराज पाण्डेय, भजनी ०५ असोज /
कैलालीको भजनीमा टास्क फोर्स र समुदायका अगुवाहरुका लागि अात्मरक्षा सम्बन्धि ३ दिने तालिम भजनी नगरपालिकामा सम्पन्न भएको छ
बहुउद्देश्यीय बिकास समाज(MPDS) डडेलधुरा द्घारा संचालित बाढी पहिरोको उच्च जोखिमको पूर्ब तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत बाढी तथा डुबान प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत बिपत जोखिम न्यूनीकरणमा स्थानीय समुदायको ज्ञान सीप र क्षमता अभिवृद्धि गर्ने उद्घेश्यले उक्त तालिम अायोजना गरिएको परियोजना संयोजक शिबराज पाठक ले जानकारी दिनु भयो । ३ दिने तालिमको सहजीकरण रतन टमट्टा र चन्द्र साउँदले गरेका थिए
तालिम समापनमा संस्थाका परियोजना संयोजक शिबराज पाठक, बिपत्त टास्क फोर्सका सत्रुघन चौधरी,प्रशिक्षक रतन टमट्टा लगायतकाले मन्तब्य राखेका थिए।तालिमको भजनी नगर प्रमुख केबल चौधरी ले उद्घाटन गर्नु भएको थियो।कार्यक्रमको सहजीकरण डि अार अार अफिसर राजेन्द्र रैका ले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *