शेयेर गर्नुहोस
समाधान समाचार
टीकापुर २१ साउन/ टीकापुरमा संचालित पाण्डे सपिङ सेन्टर र निश्चल खुद्रा पसलका सञ्चालकले बाढी प्रभावितहरुकालागी सहयोग गरेका छन।
छोरा सुशान पाण्डेको जन्मोत्सव र लक्ष्मण पाण्डेको ब्रतबन्धको अवसरमा बाढी प्रभावितहरुका लागि सहयोग हस्तान्तरण गरिएको हो। सो अवसरमा गत १४ गते आएको बाढी प्रभावित क्षेत्रलाई लक्षित गरी ५० किलो चामल र ५ पेटी पानी टीकापुर नगरपालिकालाई हस्तान्तरण गरिएको निश्च्ल खुद्रा पसलका संचालक युपि पाण्डेले जानकारी दिएका छ्न।