बालश्रम शोषण रोक्न निबन्ध तथा बक्तृत्वकला प्रतियोगिता

शेयेर गर्नुहोस


टीकापुर १९ फागुन /
साहित्य मार्फत सामाजिक सद्भाव कायम गर्ने उद्देश्यका टीकापुर नगरपालिका वडा नं. २ को आयोजना तथा सिर्जनशील युवा समाज नेपालको समन्वयमा माद्यामिक तह स्तरीय निबन्ध तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दिपक चौधरीले समाज सुधार गर्नका लागि बालबालिकाहरुको क्षमतामा विकास गर्नसक्यो भने त्यसले समाजलाई समृद्ध बनाउने बताएका छन् । वडा अध्यक्ष चौधरीले वडाको बजेटलाई फरक र भिन्न कार्यक्रममा खर्च गर्ने योजनाका साथ काम गरिरहेको बताउँदै समाजसँग प्रत्यक्ष जोडिएर काम गर्दै आएको बताएका छन् । “हामीले सबै क्षेत्र, वर्ग र समुदायलाई लक्षित गरेर कार्यक्रम गर्दै आएका छौँ । त्यसैको एउटा कार्यक्रम यो पनि हो
” वडा अध्यक्ष चौधरीले भने, “आगामी दिनमा पनि समाजलाई प्रत्यक्ष जोडेर हाम्रा कार्यक्रम सञ्चालन हुनेछन् । त्यसमा सबैको साथ सहयोग र समन्वय पनि आवश्यक हुन्छ ।” कार्यक्रममा वडा अध्यक्ष चौधरीले आफुहरु सधैं जनताको माझमा रहने गरी काम गरिरहेको बताएका छन् ।
कार्यक्रममा जनजागृती माद्यामिक बिधालय टीकापुरका प्रधानाध्यापक मुक्तिप्रसाद भण्डारीले समाजमा सकारात्मक प्रभाव पार्नका लागि बालबालिका लक्षित कार्यक्रम निकै आवश्यक हुने बताएका छन् । उनले बिद्यार्थीहरुलाई बिधालयले दिने शिक्षाका साथै अतिरिक्त शिक्षा आर्जनका लागि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गरेका छन् । प्रधानाध्यापक भण्डारीले बिधालयको शिक्षाले मात्रै पनि बिद्यार्थीहरुको क्षमताको विकास नहुने बताउँदै विद्यार्थीहरुको आन्तरिक क्षमता थाहा पाउनका लागि कार्यक्रम आवश्यक हुने बताएका छन् ।
“बालश्रम शोषणल पार्ने सामाजिक असर” भन्ने शिर्षकमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । टीकापुर नगरपालिका भित्रका ९ वटा बिधालयको सहभागिता रहेको बक्तृत्वकला प्रतियोगितामा बीरेन्द्र विद्या मन्दिर माद्यामिक बिधालय टीकापुरकी लक्ष्मी रेग्मी प्रथम भएकी छन् । त्यसैगरी कर्णाली माद्यामिक बिधालय टीकापुरकी बबिता खत्री दृतीय भएकी छन् । आरएमई स्कुल टीकापुरकी आरती उपाध्याय तृतीय हुँदा सगुन विद्या निकेतन टीकापुरका प्रदिप रिमाल शान्त्वना भएका छन् ।
त्यसैगरी “बालविवाह र लैङ्गिक हिंसा” शिर्षकमा भएको निबन्ध प्रतियोगितामा पनि ९ वटा बिधालयको सहभागिता रहेको थियो । निबन्ध प्रतियोगिताको नतिजा भने केही दिनपछि सार्वजनिक गरिने बताइएको छ । निर्णायक मण्डलका संयोजक कान्तीप्रसाद ज्ञवालीले सबै प्रतियोगीहरुको निबन्ध अध्ययन गरेर मात्रै नतिजा सार्वजनिक गर्नुपर्ने हुँदा समय लाग्ने बताएका छन् । प्रतियोगितामा प्रथम हुने प्रतियोगीले तीन हजार, दृतीय हुनेले दुई हजार र तृतीय हुनेले एक हजार नगद सहित शान्त्वना हुनेले प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पाँच चरणमा आयोजना हुने कार्यक्रममा यसअघि लागुऔषध दुर्व्यसनी न्यूनीकरणका लागि जनचेतनामूलक नाटक र कविता प्रतियोगिता, छाउपडी प्रथा तथा एकल।महिला माथी हुने हिंसा न्यूनीकरणका लागि जनचेतनामूलक सडक नाटक कार्यक्रम सम्पन्न भैसकेको छ । अझै किसानहरूको समस्या सम्बन्धि अन्तरक्रिया कार्यक्रम र जेष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरिने छ ।

ताजा खबर

प्रचण्ड टीकापुर आउँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *