भजनीमा हजारभन्दा बढी विस्थापित

शेयेर गर्नुहोस


खेमराज पाण्डे
शुक्रबार आएको बाढीका कारण भजनीमा एक हजार भन्दा बढी घरधुरी विस्थापित भएका छन् ।
नगरपालिकाको सबै वडामा एक हजार दुई सय ६६ घरधुरी विस्थापित भएका हुन । वडा नं.८ मा सबैभन्दा बढी पाँच सय घरधुरी विस्थापित भएको नगरपालिकाको विपत शाखा प्रमुख विष्णुप्रसाद न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार वडा नं. १ मा ८, वडा नं. २ मा ३५, वडा नं. ३ मा चार सय, वडा नं. ४ मा तीन, वडा नं. ५ मा दुई सय ५०, वडा नं. ६ मा १०, वडा नं. ७ मा ४० र वडा नं. ९ मा २० घरधुरी विस्थापित भएका छन् ।
बाढीका कारणले ३८ घरधुरी पुर्णरुपमा क्षति पुगेको छ भने एक सय ५८ घरमा आंशिक क्षति पुगेको छ । नगरपालिकाको विपद शाखाले जारी गरेको तथ्यांकका आधारमा पाँच हजार चार सय ५४ घरधुरी बाढीबाट प्रभावित भएका छन् । नगरपालिकाका सबै वडा बाढीका कारण प्रभावित भएका छन् । यसवर्ष भजनी तीनपटक बाढी र डुवानले प्रभावित भएको छ । त्यस्स क्षेत्रका नागरिकहरू तीनपटक बाढीका कारण विस्थापित भएर सडक, उच्च भवन लगायत सुरक्षित स्थानमा आश्रय लिन पुगेका छन् ।
बाढीका कारण भजनीमा एक जनाको ज्यान समेत गएको छ । शनिबार नगरपालिका वडा नं. ८ गोडचौराका अन्दाजी ५२ वर्षिय जयराम चौधरीको बाढीमा डुबेर मृत्यु भएको वडा नं.८ का वडा अध्यक्ष पंकज चौधरीले जानकारी दिएका छन् । अन्य मानवीय घटना नभए पनि बाढीले धान खेतीमा समेत नराम्रोसँग क्षति पुर्याएको छ । खासगरी डुवानका कारण धान कुहिएर नष्ट भएको छ । कति हेक्टर क्षेत्रफलमा लगाएको धानबाली नष्ट भयो भन्ने तथ्यांक नगरपालिकाले तयार गरी सार्वजनिक गर्न्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *