शेयेर गर्नुहोस
टीकापुर नगरपालिकाको वडा नं.९ मा रहेको सत्ती छोटी भन्सारलाई मुल भन्सार बनाउन टीकापुरको ठूलो योगदान रहयो। जुन एजेन्डामा टीकापुरले सफलता पनि पायो।मुल भन्सार भएको दुई बर्ष पूरा भैसक्दा पनि भन्सार ब्यबस्थित हुनसकेन। छोटी भन्सारको समयमै भएका संरचनामा मुल भन्सारको काम हुँदै आएको छ। भन्सारको स्तर उन्नतिकालागी सरकारले बजेट बिनियोजन नगरेको पनि होइन।तर कार्यालयमा आउने कार्यालय प्रमुखको सुस्तताले गत आर्थिक बर्षमा कुनै पनि संरचना जोड्न सकेन। त्यसैमा आइदियो कोरोना। त्यही कोरोना सजिलो माध्यम बन्यो काम गर्ने माहोल भएन बजेट फिर्ता भयो।
मुल भन्सार भएको दुई बर्षमा तीन जना कार्यालय प्रमुख आए। काम कसैले गरेन कि गर्नै चाहेन।कार्यालय नपुग्दै सरुवाको प्रक्रियामा लाग्ने कार्यालय प्रमुखले कार्यालय भन्दा बढी मन्त्रालय र बिभाग मै बाँस भयो।भन्सार जहिले पनि निमित्तकै भरमा रहयो र अहिले पनि निमित्तकै भरमा चली रहेको छ। असारमा सरुवा भएर आएका रामराज प्रसाद चौरसिया दुई महिना मै छुट्टी मनाउन घर पुगेका छन। कार्यालय हाजिर भएको महिना दिनमै छुट्ठी मनाउनु पर्ने कस्तो अबस्था हो यश क्षेत्रका सरोकारवालाहरुको ध्यान त्यहा सम्म पुग्न सकेको छैन। त्यति मात्र नभै प्रहरी चौकिका इन्चार्जहरु दिनभर सिभिल ड्रेसमा त्यही भन्सारको परिसर फन्का लगाई रहेका हुन्छन। भएका कर्मचारीहरु पनि १/२ जनालाई जिम्मा लगाएर घरबाटै तलबभत्ता बुझ्दै आएको पाइएको छ। कार्यालयका लेखापाल महिनामा पाँच दिन पनि कार्यालय बस्दैनन। कर्मचारीलाई भन्सारमा फुल मस्ती भएको छ।
यस्तो अबस्थामा भन्सारको स्तर उन्नति कसरी होला? आएको बजेट फ्रीज जाने, काम केही नहुने, कर्मचारी महिनौ दिन छुट्टि बस्ने ? भन्सारमा एउटा यात्री कक्ष समेत छैन। पैसा बर्षौ दिन देखि लिलामिका लागि राखिएका मोटरसाइकल कवाडी बन्दैछन। बरामद गरि ल्याएका अन्टेस्ट मोटरसाइकलका पाटपुर्जा रातारात गाएब हुन्छन।त्यसतर्फ कस्ले ध्यान दिने कस्को नजर त्यो भन्सारसम्म पर्न सक्ला?