भाइ भनेपछि छुरी प्रहार

शेयेर गर्नुहोस


टीकापुर १९ साउन /
टीकापुर नगरपालिकाको मुख्य बजार क्षेत्रमै एक किशोरमाथि अर्का किशोरले छुरी प्रहार गरेका छन् ।
नगरपालिका कार्यालयसँगै जोडिएको रारामार्गको एक पसलअघि टीकापुरका १७ वर्षीय महेश परियारलाई ती किशोरले छुरी प्रहार गरेका हुन । स्थानीय १८ वर्षीय निशान खड्काले परियारलाई छुरी प्रहार गरेको प्रहरीले जनाएको छ । छुरी प्रहारबाट घाइते परियारको आँखा नजिक चोट लागेको बताइएको छ ।
घटना लगत्तै दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले बताएका छन् । ‘प्रारम्भिक अनुसन्धानमा म्यासेन्जरमा भाइ भनेपछि उनीहरु बिच झगडा भएको देखिन्छ । अन्य कुरा अनुसन्धान पछि सबै खुल्ने छ ।’ प्रहरी नायब उपरीक्षक अर्यालले भने ‘अहिले दुबैजनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *