शेयेर गर्नुहोस
टीकापुर ०२ भदौ /
मालिका ग्रुप एण्ड होल्डिङ कम्पनी प्रालिको २३ औं वार्षिकोत्सब कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
ग्रुपका अध्यक्ष टीकाराम जैशीको अध्यक्षतामा भएको वार्षिकोत्सब कार्यक्रमको प्रमुख अतिथि नेपाल उद्योग व्यापार महासंघका केन्द्रिय अध्यक्ष खिमलाल भण्डारी रहेका थिए । कार्यक्रममा टीकापुर नगरपालिकाका नगर उपप्रमुख खडक शाह, सय सभा सदस्य हरि ज्ञवाली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा थुप्रै ब्याक्तीले शुभकामना मन्तव्य राखेका थिए ।
त्यसैअनुसार कार्यक्रममा पत्रकार दीर्घराज उपाध्यायलेले विकास भित्र व्यापार पर्छ कि पर्दैन भन्दै राज्यसँग प्रश्न गरेका छन् । उनले पछिल्लो समय व्यवसायीहरु उभिन सक्ने स्थितिमा नरहेको बताउँदै यस्तो अवस्थामा पनि मालिका ग्रुप एण्ड होल्डिङ कम्पनीले एउटा साहस गर्दै अगाडि बढेको बताएका छन् । व्यवसायी टेकराज रेग्मीले टीकापुरलाई चिनाउने माध्यम मालिका एण्ड होल्डिङ कम्पनी बनेको बताएका छन् । उनले यस्तै चारपाँच कम्पनी थप स्थापना भए टीकापुरको समृद्धि धेरै पर नरहेको बताएका छन् । उनले राज्यले व्यवसायीलाई उत्साहित भन्दा निरुत्साहित गर्ने काम गर्दै आएको भन्दै अहिलेको स्थितिमा धेरै व्यवसायी विस्थापितको अवस्थामा पुगेको बताएका छन् ।
कम्पनीको वार्षिकोत्सबकार्यक्रममा मालिका तार जाली एण्ड स्टिल उद्योग वर्षको उत्कृष्ट कम्पनी घोषित भएको छ । कम्पनी भित्रका ११ कम्पनी भित्र उत्कृष्ट कम्पनी उत्कृष्ट भएको हो । त्यसैगरी उत्कृष्ट शाखाको रुपमा ऐके ट्रेडस फुलबारी शाखा र रोशनी इन्टरनेशनल एग्रो प्रालीको गुलरिया बर्दिया शाखा घोषित भएका छन् । त्यसैगरी कम्पनीमा आबद्ध विभिन्न कर्मचारीहरुलाई पनि सम्मान गरिएको छ । कम्पनीले सफल व्यवसायीका रुपमा विरबहादुर पौडेललाई सम्मान गरिएको छ । पत्रकारिता क्षेत्रका समाधान न्युज दैनिकका प्रकाशक सम्पादक झलनाथ खनाल, पश्चिम टुडेका सम्पादक दिर्घराज उपाध्याय, कैलाली हटलाइन दैनिकका सम्पादक मातृकाप्रसाद तिमिल्सिना, अन्नपूर्ण पोस्टका पत्रकार परमानन्द पाण्डे, शैक्षिक क्षेत्रका टेकराज रेग्मी, फणेन्द्र राज रेग्मी लगायत १३ जनालाई सम्मान गरिएको छ ।
कम्पनीले २३ औं वार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए । पाँच सय कर्मचारी रहेको कम्पनीले गत आर्थिक वर्षमा तीन सय करोडको कारोबार गरेको बताएको छ । तपेन्द्र जोशीले सञ्चालन गरेको कार्यक्रमको स्वागत नरेन्द्र जोशीले गरेका थिए ।