शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर २४ कार्तिक
कैलालीको टलम्कीचुहा नगरपालिका वडा नं. १ का भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।
मंगलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ८ जनालाई सार्वजनिक गर्दै अनुसन्धान सुरू गरेको हो। पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका वडा नं. ३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका वडा नं. १ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, टिकापुर नगरपालिका वडा नं. १ बस्ने २३ वर्षीय प्रबीन रिमाल, टिकापुर नगरपालिका वडा नं. १ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाहलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।
दोषीलाई कार्वाहीको माग गर्दै मृतकका आफन्तले आज दिनभर पुर्वपश्चिम राजमार्गको लम्कीमा चक्काजाम आमेत गरेका थिए । अभियुक्तलाई कार्वाहीको दायरामा नल्याएसम्म लाश नबुझ्ने भनेपछि दिनभरसम्म लाश टीकापुर अस्पतालमै रहेको थियो । ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले दोषीलाई कार्वाही गर्ने सहमति अनुसार आजै साझ आफन्तले शव बुझेको बताउनुभएको छ । उहाँले अझै पनि घटनामा संलग्न केही फरार रहेको बताउँदै उनीहरुको खोजिकार्य भैरहेको बताउनुभएको छ ।
प्रहरीले घटनास्थलबाट सु.प.प्र.०१००८ प ५५६५ नम्बरको स्कुटर र सु.प.प्र. ०१००८ प १०७२ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।