राहत वितरण पारदर्शी छ : चौधरी

शेयेर गर्नुहोस

अर्जुन खत्री

भजनी ०२ भाद्र / भजनी नगरपालिकाको वडा नं. ३ का वडा अध्यक्ष बिक्रम चौधरीले बाढीका कारण बिस्थापित भएका परिवारलाई गरिएको राहात वितरणमा पूर्ण पारदर्शिता रहेको दाबी गरेका छन् ।
वडा अध्यक्ष विक्रम चौधरीले स्थानीय सरकारबाट प्राप्त सबै राहात सामाग्री समानरुपमा बाढीबाट प्रभावित भएका स्थानीय जनतालाई पारदर्शी रुपमा वितरण गरेको जानकारी दाबी गरेका हुन् । उनले बाढीबाट वडा नं. ३ मा करिब ३ सय ५० जना स्थानीयहरु घर छोडेर अन्यत्र बस्नु परेको बताउँदै ६ सय घर डुबानमा परेको बताएका छन् । वडामा १ हजार १ सय ९० घरधुरी प्रत्यक्ष रुपले प्रभावित भएका छन् । कतिपयको घरमा पानी नपसे पनि खेतबारीमा लगाएका अन्नबाली पूर्ण रुपमा नष्ट भएको छ ।
‘पहिलो चरणमा उद्दार र राहात सामाग्री वितरण गरेका छौं । वडामा मानवीय क्षति भएको भने छैन ।’ वडाअध्यक्ष चौधरीले भने, ‘राहतमा चाउचाउ, चिउरा, बिस्कुट खाद्यान्न सामाग्री हाइजेनिक कीट, त्रिपाल लगायतका सामग्री वितरण गरेका हौं । अहिले पानीको सतह घटेको छ । स्थानीयहरु घर फर्कने क्रम पनि सुरु भएको छ ।’
बाढी प्रभावित केही स्थानीयहरु महुन्याल सामुदायिक वनको जग्गामा त्रिपाल लगाएर बस्दै आएका छन् । वनको जग्गामा अस्थायी रुपमा आश्र्रय लिइरहेका छन् । अध्यक्ष चौधरीले भजनी नगरपालिकाले बाढी प्रभावितहरुलाई जग्गा दिने सम्बन्धमा कुरा आएको भए पनि जग्गा दिने अधिकार स्थानीय सरकारलाई नभएको बताएका छन् । ‘स्थानीय सरकार भनेको एउटा पहल गर्ने निकाय हो । पक्कै पनि बाढी पीडित जनतालाई हामीले दिगो व्यवस्थापन , सुरक्षित बाँसस्थान र त्यसका लागि हामीले पहल गर्ने हो ।’ वडाअध्यक्ष चौधरीले भने, ‘उनीहरुलाई उच्च घर बनाएर हुन्छ कि, सुरक्षित स्थानमा जग्गा दिएर हुन्छ ? यो विषयमा प्रदेश सरकार र संघीय सरकारसँग समन्वयको प्रक्रिया नगरपालिकाले सुरु गरिसकेको छ ।’
वडा अध्यक्ष चौधरीले अहिलेको अवस्थामा केही व्यक्तिहरुले अफवाह फैलाउँदा बाढी पीडितहरु भ्रममा रहेको समेत जानकारी दिएका छन् । ‘नगरपालिकाले वन फँडानी गरेर जग्गा दिने कुनै अधिकार पनि छैन । हामीले यस विषयमा निर्णय गर्न पनि मिल्दैन ।’ वडाअध्यक्ष चौधरीले भने, ‘जुन सामुदायिक वनमा बाढी पीडित जनताहरु बसेका छन्, त्यो अस्थायी शिविर हो । उनीहरुलाई ज्यान बचाउन गाह्रो भएकै कारण केही दिनको आश्रय लिन आएका हुन् भन्ने हामीले बुझ्नु पर्दछ ।’

ताजा खबर

भजनीको बजेट ७० करोड

विपद सम्बन्धि अन्तरक्रिया

४९ जनालाई पुरस्कार वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *