रिपब्लिकको अभिभावक दिवस

शेयेर गर्नुहोस


टीकापुर ०२ फागुन /
रिपब्लिक एकेडेमी सार्वजनिक शैक्षिक गूठीको अभिभावक दिवस सम्पन्न भएको छ ।
सार्वजनिक शैक्षिक गूठीका अध्यक्ष बालकृष्ण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले शैक्षिक क्षेत्रलाई नगरपालिकाले विशेष रुपमा हेरेको बताएका छन् । “शैक्षिक क्षेत्रको विकास हुनसक्यो भने त्यसले समग्र नगरपालिकाको विकासमा टेवा पुग्ने छ । त्यसमा निजि तथा सामुदायिक बिधालयको भुमिका उत्तिकै छ ।” नगर प्रमुख थारुले भने, “नगरपालिकाको तर्फबाट हुनसक्ने सहयोग र समन्वयका लागि हामी सधैं सकारात्मक छौँ ।”
उनले सरस्वतीले विद्याको वरदान दिने भन्दै त्यो आस्था आजसम्म पनि जीवन्त रहेको उनको धारणा छ । साथै नगर प्रमुख थारुले बिधालयको समग्र विकासका लागि पनि नगरपालिकाले सहयोग गर्ने आश्वासन व्यक्त गरेका छन् । सोही अवसरमा बिधालयले नगर प्रमुख थारुलाई ज्ञापनपत्रसमेत बुझाएको छ । बिधालयमा चार कोठे पक्की भवन निर्माण, शैक्षिक गूठीले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा र बिधालय हातामा घेरापर्खाल निर्माणको माग गरिएको हो ।
बिधालयका स्वागत प्रीन्सिपल अमित कुमार चौधरीले गरेको कार्यक्रमको सञ्चालन बिधालयका शिक्षक चन्द्रकान्त अधिकारीले गरेका थिए ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *