शेयेर गर्नुहोस
लक्षमण बिक / भदौ ०६ /
´कानुन राज्य पेशागत सुरक्षा पारदर्शिता र शुसाशन, राष्ट्रिय एकता स्वाभिमान र पहिचानका लागि नयाँ संविधान` भन्ने मुल नाराका साथ नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाई समितीको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
एशोसिएसन इकाई समितिका अध्यक्ष सत्यराज शर्माको अध्यक्ष्ातामा भएको कार्यक्रमका प्रमुख अतिथी सुदुरपञ्चिम प्रदेशका केन्द्रीय समिती सदस्य दिलबहादुर बिष्ट रहेका थिए भने विशिष्ट अतिथि सुदुरपञ्चिम प्रदेश सचिब खेमराज पनेरू रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिष्टले नेपाल लेखापढी कानुन एशोसिएसन अहिले सम्म कुनै पनि राजनीतिक पार्टीमा आबद्ध नरहेको बताएका छन । राज्यले सबै कुराको सुनिश्चितता गरेको बताउदै कानुन व्यवसायीको झण्डा नभएका कारण नेपाल सरकारले कानुन व्यवसायीलाई हटाउन चाहेको बताएका छन । उनले कानुन शब्द आफैमा बलवान र ठूलो रहेको बताउदै कानुन शब्दले नेपाल सरकारलाइ समेत तह लगाउन सक्ने क्षमता रहेको बताएका छन ।
कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सचिव खेमराज पनेरूले व्यक्तिगत रुपमा एकिव्द्द भए संस्था कसैले फुटाउन नसक्ने बताउदै त्यसका लागि एक जुट हुन आवश्यक रहेको बताएका छन । उनले कानुन व्यवसायीमा लागेका सबै कानुन हेर्ने मान्छे भएको बताउदै सबै सेवाग्राहीहरु लाई हेर्ने दृश्टि कोण समान रहनु पर्ने बताएका छन । नेपाल सरकारले कानुन व्यवसायीलाई हटाउनका लागि भु-सेवा संचालनमा ल्याउने तयारी गरि सके समेत बताएका छन ।
टीकापुर नगरपालिकाका कानुन अधिकृत तथा अधिवक्ता केशरबहादुर थापा, मालपोत कार्यालयका प्रतिनिधि प्रेमप्रकाश सिंह, कैलाली जिल्ला समिति संयोजक लक्ष्मी प्रसाद खनाल, अधिवक्ता मुक्तिप्रसाद शर्मा लगाएत कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । एसोशिएसनका सचिव केशर बहादुर रावल संचालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष धनबहादुर बुढाले गरेका थिए ।