लेखा सफ्टवयर तथा ट्याबलेट सञ्चालन तालिम सम्पन्न

शेयेर गर्नुहोस


निर्मल रैका , धनगढी २४ फागुन /

युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि.केन्द्रिय कार्यालय कोहोलपुरको आयोजनामा लेखा सफ्टवयर तथा ट्याबलेट सञ्चालन तालिम सम्पन्न भएको छ ।
युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि ले ३८ वटै शाखामा कार्यरत फिल्ड कर्मचारीलाई लेखा सफ्टवयर तथा ट्याबलेट सञ्चालन तालिम प्रदान गरेको हो । उक्त अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथी युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि . केन्द्रिय कार्यालय कोहोलपुरका कार्यकारी निर्देशक तथा सामाजिक अभियन्ता डा. गोपाल दहित रहनु भएको थियो भने त्यसैगरि अतिथीमा युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि .का मानव संसाधन विभाग प्रमुख मदन चौधरी रहनु भएको थियो अतिथीमा युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि .का अधिकृत तुला चौधरी , आइटी विभाग प्रमुख रमेश चौधरी त्यसैगरि अतिथीमा आइटी सहायक राजेन्द्र चौधरीेको लगायतको उपस्थिीती रहेको थियो ।
लेखा सफ्टवयर तथा ट्याबलेट सञ्चालन तालिमका प्रमुख अतिथी समेत रहेका लघुबित्त बिज्ञ डा. गोपाल दहितले तालिमको उदेश्य माथि प्रकाश पार्दै यस तालिमले कर्मचारीको क्षमता अभिवृद्धी गदै बैकिङ्ग कारोबारमा हुने ससाना गल्ती हटाउन, समूह सदस्यलाई सहज गराउन तथा कर्मचारीको ब्यक्तित्व बिकास संगै प्रविधीको युग भएको कारण बैज्ञानिक तरिकाबाट काम सुचारु गर्नका लागी तालिमको आयोजना गरिएको बताए ।
त्यसैगरि लेखा सफ्टवयर तथा ट्याबलेट सञ्चालन तालिमका अतिथी तथा युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि .का मानव संसाधन विभाग प्रमुख मदन चौधरीले ट्याब्लेट बैकिङ्ग प्रणलीको महत्व ,जोखिम न्यूनिकरण बारे बताए ।
कार्यक्रमका प्रशिक्षक तथा युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि .का आइटी विभाग प्रमुख रमेश चौधरीले एकाउन्टीङ तरिका, कारोकार प्रबिष्ट गर्ने तरिका तथा प्रक्रिया बारे जानकारी गराएका थिए ।
साथै आई.टी विभाग प्रमुख चौधरीले अब यस प्रणलीबाट गल्तीहरु कम हुने साथै समयमै काम सिधिने र विधुत नहुदा पनि काम गर्न सकिने बताए ।

२ दिन सम्म सञ्चालन भएको अभिमुखिकरण कार्यक्रममा युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि.केन्द्रिय कार्यालय कोहोलपुरका अधिकृत तुला चौधरीले आफनो सेसनमा स्वयमलाई प्रश्न शिर्षकमा सहजीकरण गरेका थिए ।
लेखा सफ्टवयर तथा ट्याबलेट सञ्चालन तालिममा युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि .का बिभिन्न शाखाबाट ३३ जनाको सहभागिता रहेको थियो ।
युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि .का ले २०५७ साल देखी पछाडी पारिएको वर्ग थारु, दलित,मुसलिम, आदिबासी,जनजाती, सिमान्तकृत समुदाय गरिबीको रेखामुनी रहेका महिला दिदिहरुलाई लघुबित्त कार्यक्रमबाट आर्थिक रुपमा सबलीकरण गर्न तथा क्षमता अभिवृद्धी गर्न ग्रामीण क्षेत्रमा कार्य गदै आएको छ । हाल युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि.संग करिब ८३ हजार भन्दा बढी महिलादिदी बहिनीले लघुबित्त सेवा लिदै समुहमा बसेका छन् ।युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि.ले कैलाली, कञ्चनपुर, बांके,बर्दिया,दाङ, कपिलवस्तु, गरी ६ वटा जिल्लामा ३८ वटा शाखा बिस्तार गदै सेवा प्रदान गदै आएको छ ।

ताजा खबर

प्रचण्ड टीकापुर आउँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *