लोकप्रिय मात्रै बन्ने कुरा त होइन?

शेयेर गर्नुहोस


सम्पादकीय /
सूचना जारी भएको लामो समयपछि टीकापुर नगरपालिकाले अतिक्रमित जग्गा खाली गराउने कार्यको प्रारम्भ गरेको छ । नगरपालिकाको वडा नं. ४ बाट सुरु भएको त्यो कार्यले कैयौंका लागि चर्चाको विषय पनि बनेको छ । वर्षौदेखि बस्दै आएको जग्गामा डोजर चल्ने भएपछि त्यसको चर्चा हुनु स्वभाविक पनि हो । अब त्यो चर्चाले सार्थकता पाउँछ वा त्यस्तै सेलाउछ भन्ने कुरा महत्त्वपूर्ण हो । यदी सार्वजनिक महत्त्वको जग्गा जति छ सबै खाली गराएर त्यसको उचित प्रयोग नगरपालिकाले गर्न सके त्यसले सार्थकता पाउने छ भने हिजोको सार्वजनिक जग्गामा राखेको निर्माण सामाग्री खालीका लागि थालिएको अभियान जस्तै बनेपछि त्यो भन्दा दुर्भाग्य अरु केही हुने छैन ।
यसभन्दा पहिले पनि नगरपालिकाले सार्वजनिक जग्गा खाली गराउनका लागि थालिएको अभियान पुर्ण असफल भएको थियो । केही दिनसम्म केके हुन्छ भनेको कार्यमा एकाएक पुर्णविराम लागेपछि अहिलेको अभियान पनि सफल हुन्छ भन्ने आधारहरू भने कतै पनि छैन । अर्को कुरा नागरिकहरूले हिजोका दिनमा विभिन्न कार्यका लागि लिएर आफ्नो ब्यक्तिगत स्वार्थमा प्रयोग भएका जग्गाको खोजी नगरपालिकाले गर्न सक्छ की भन्ने अपेक्षा गरेका छन् । दुई दिन डोजर लगाएर चर्चामा आउने, तेस्रो दिनपछि त्यसको औचित्य समाप्त भएर जाने कार्य भैरहेको छ भने त्यो भन्दा नाजायज काम केही पनि हुने छैन ।
त्यसकारण कामको थालनी गर्नु पहिला नै योजना बनाएर हिड्न सक्नुपर्छ । किनभने हिजो सार्वजनिक जग्गामा राखिएको निर्माण सामाग्री हटाउने कार्यमा नगरपालिका सफल भएको हो त ? के अहिले सार्वजनिक जग्गामा निर्माण सामाग्री राख्न बन्द भएको छ ? यो प्रश्नको जवाफ नगरपालिकासँग छैन । त्यसैले पनि अहिलेको अतिक्रमित जग्गा खाली गराउने कार्यले सफलता हासिल गर्छ भन्ने ठाउँ छैन । यदि अहिलेको नगरपालिकाको यो योजनाले लक्ष्य पूरा नगरेरै समाप्त भएको अवस्थामा त्यसपछिका हरेक गतिविधिमा नागरिकहरुले शंका उपशंका गर्ने ठाउँ रहन्छ । त्यो ठाउँ राख्ने वा नराख्ने त्यो काम नगरपालिकाको नेतृत्वमा निहित रहेको छ ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *