विपद सम्बन्धि अन्तरक्रिया

शेयेर गर्नुहोस


भजनी ०८ असार /
सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाले समुदाय विपद् स्वयंसेवक तथा विपद् सूचकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कैलाली र कञ्चनपुरमा हुन सक्ने सम्भावित विभिन्न विपद्का घटनामा प्रभावकारी प्रतिकार्यका लागि समुदाय र सशस्त्र प्रहरीबीचको समन्वय तथा सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, पूर्वतयारी तथा सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको छ ।
कार्यक्रमको उद्घाटन बाहिनीपति डीआईजी दिगविजय सुवेदीले गरेका थिए । कार्यक्रममा सहभागी विपद् स्वयंसेवक तथा विपद् सूचकहरूले बाढी, डुबान र आगलागीलगायतका विपद्का घटनामा आफूहरूले भोगेका अनुभव सुनाउँदै समयमै सूचना प्रवाह र प्रभावकारी समन्वयको आवश्यकता औँल्याएका थिए । समुदाय विपद् स्वयंसेवक केशवप्रसाद जोशीले विपद्का बेला समुदायमै रहेका स्वयंसेवक र विपद् सूचकहरू पहिलो सूचना दाता तथा पहिलो प्रतिकार्यकर्ता हुने भएकाले उनीहरूको क्षमता अभिवृद्धि र उद्धार सामग्रीको उपलब्धता आवश्यक रहेको बताए ।
कार्यक्रममा डीआईजी सुवेदीले अन्तरक्रियाबाट प्राप्त सुझावहरूलाई आगामी दिनमा प्रदेश तथा स्थानीय तहका विपद् व्यवस्थापन योजनामा समावेश गर्नुपर्ने बताउँदै समुदाय र सुरक्षा निकायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । यसअघि सशस्त्र प्रहरी वल, नेपालले कैलालीको डुडेझारी र डोटीको बुडरमा विपद् व्यवस्थापन वेश स्थापना गरिसकेको छ । यसका साथै पालिका र जिल्ला स्तरिय विपद सिमुलेसन अभ्यास सम्पन्न गरि प्रदेश स्तरिय अभ्यास समेत कर्णालीको चिसापानीमा सम्पन्न गरिसकेको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *