शहरको समृद्धिमा पुस्तकालयको भुमिका महत्त्वपूर्ण छ: मन्त्री रावल

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०९ भदौ /

सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले शहरको समृद्धिमा पुस्तकालयको भुमिका महत्त्वपूर्ण रहने गरेको बताएका छन् ।
बुधबार टीकापुर सामुदायिक ग नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री रावलले शिक्षाले सक्षमताको विकास गर्ने र त्यसबाट समृद्धिको पाटोमा समेत टेवा पुग्ने बताएका हुन । “जहाँ पुस्तकालय हुन्छ त्यहाँ सभ्यता र सद्भावको पनि विकास भएको हुन्छ ।” मन्त्री रावलले भने, “पुस्तकालय समाजको एक उपलब्धि पनि हो र यसले समाजलाई सकारात्मक बाटोमा लैजानको लागि पनि महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएको हुन्छ ।”
उनले पुस्तकालयलाई सबल बनाएर सबै नागरिकहरुलाई पुस्तकालयको पहुँचमा ल्याउन सक्नुपर्ने बताएका छन् । पुस्तकालयमा युवा र बालबालिकाको आवागमनलाई बढाउनको लागि पुस्तकालयको नेतृत्व गम्भीर हुनुपर्ने बताएका छन् । मन्त्री रावलले कुनै पनि संस्था आफैमा आत्मनिर्भर बन्न सके त्यसले सफलता पाउने बताउँदै पुस्तकालय आत्मनिर्भरको बाटोमा लागेको बताएका छन् । “आज प्रदेश र स्थानीय सरकारको समन्वयमा निर्माण भएको पुस्तकालयको आन्तरिक स्रोतलाई मजबुत बनाएको छ ।” मन्त्री रावलले भने, “अझै यसलाई बढाउनुपर्छ । सपिङ्ग कम्प्लेक्सको रुपमा थप गर्न सके राम्रो हुने छ ।”
कार्यक्रममा नेपाली काँग्रेसका कैलाली क्षेत्र नं. १ का सभापति प्रकाश शाह, प्राध्यापक डा. जगतबहादुर सिंह रावल, पुस्तकालयका सल्लाहकार समिती संयोजक धनन्जय तिमिल्सिना लगायतको सहभागिता रहेको थियो ।
पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष ताराप्रसाद जोशीले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव कण्ठराज गिरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *