शिक्षक हत्याको बिरोधमा बुझायो ज्ञापनपत्र

शेयेर गर्नुहोस

निर्मल रैका
धनगढी ३०मंसिर
/ एकीकृत अखिल नेपाल शिक्षक संगठन सुदूरपश्चिम पप्रदेशले मोरङमा एक शिक्षकको हत्याको बिरोधमा ज्ञापनपत्र बुझाएको छ ।
मोरङ मिक्लाजुङ गाउँपालिकाका वडा नं. १ का ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको बिभत्स हत्याको बिरोधमा ज्ञापनपत्र बुझाएको हो । सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट, सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह त्यसैगरि जिल्ला प्रशासन कार्यालय कैलालीमा शिक्षक संगठनले ज्ञापनपत्र बुझाएका छन ।
ज्ञापनपत्रमा संगठनमा आवद्द शिक्षक राजेन्द्र श्रेष्ठ एक इमानदार तथा कुशल शिक्षक घरमा रहेकोे बेला बिप्लब समुहले अपहरण गरि बिभत्स कायर्तापुर्ण हत्याको एकीकृत अखिल नेपाल शिक्षक संगठन सुदूरपश्चिम प्रदेशले घोर निन्दा तथा भर्त्सना गर्दछ , साथै कुनै पनि बहानामा जगन्य कायर्तापुर्ण हत्याको संगठनमा डटेर सामना गर्ने र हत्यामा सलग्नको पहिचान गरि कार्वाही गर्न र शिक्षक राजेन्द्र श्रेष्ठको परिवारलाइ क्षतिपूर्ति संगै शहित घोषणा गर्नु पर्ने उल्लेख गरिएको छ।
यता एकीकृत अखिल नेपाल शिक्षक संगठन कैलालीका जिल्ला अध्यक्ष धन बहादुर सिंहले एउटा निहत्था शिक्षकलाइ यो वा त्यो आरोप लगायर घाँटी रेटेर निर्मम हत्या गरिएको भन्दै विप्लवहरुको कस्तो क्रान्ति हो ? उनले प्रश्न गरेका छन “कायरहरुले गर्ने काम हो यो, भने जति चन्दा नदिदैमा निर्दोष शिक्षलाइ हत्या गर्ने यिनिहरु डकैत हुन र यस्तालाइ अविलम्ब कार्वाही हुनुपर्छ ।” सिंहले भने।
उता विप्लव समूहको मेची–कोशी व्युरोले विज्ञप्ति जारी गर्दै घटनाबारे जिम्मेवारी लिइ सकेको छ । पार्टीविरुद्ध सुराकी गरेको आरोपमा सम्झाउन जाने क्रममा हतियार लिएर आइलागेकाले घटना भएको विप्लव समूहले दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *