गाउँपालिकाको सेवा पुस ५ गते सम्मका लागि बन्द

शेयेर गर्नुहोस


समाधान समाचार,
अछाम २९ मंसिर /
अछामको रामारोशन गाउँपालिकामा पछिल्लो समय कोरोना भाइरस संक्रमित बढ्दै गएपछि गाउँपालिका सिल गरिएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीका अनुसार सोमबारदेखि पौष ५ गतेसम्मका लागि गाउँपालिका सिल गरिएको हो । सो अवधिमा कार्यालयबाट प्रवाह हुँदै आएका दैनिक सेवा प्रवाह नहुने भएको छ । स्वास्थ्य बिपत व्यवस्थापन तथा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसँग सम्बन्धित सेवाहरु भने सुचारु रहने बताइएको छ ।
गाउँपालिकाअन्तर्गतका सम्पूर्ण विद्यालयका पठनपाठन समेत बन्द गरिएको बताउँदै निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले मुजाबगर लगायत गाउँपालिका अन्तर्गतका सम्पूर्ण बजार क्षेत्रहरु समेत बन्द गरिएको बताएका छन् ।
उनले खाद्य उपभोगका पसलहरु भने बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको बताएका छन् । साथै, याातायातका साधनहरु सञ्चालन गर्दा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, गाउँपालिकाको भौगोलिक सीमा क्षेत्रभित्र कुनै किसिमका सभा, सम्मेलन, मेला, पर्व तथा भोजभतेर गर्न नपाइने र गाउँपालिका अन्तर्गत सञ्चालित बैंक तथा बित्तीय संस्थाहरु समेत सञ्चालन गर्न नपाइने आइतबार बसेको कार्य–पालिका तथा सर्वदलीय÷सर्वपक्षीय बैठकले निर्णय गरेको गाउँपालिकाका निमित्ति प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *