शेयेर गर्नुहोस
खेमराज पाण्डे , भजनी २९ भदौ /
“सामन्य वा कोभिड महामारी:बाल अधिकारको संरक्षण हाम्रो जिम्मेवारी “भन्ने मुल उद्देशका साथ डल्फिन,जलचर तथा जैविक जैविक बिबिधता संरक्षण नेपाल कैलालीले जनता राष्ट्रिय माध्यमिक बिधालय सुनाहाफाटा टीकापुर वडा नं.७ बैदीमा राष्ट्रिय बाल दिवसको अवसरमा बिपन्न बालबालिकाहरु लाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
संरक्षण नेपालका अध्यक्ष भोज राज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिधालयका प्रधानाध्यापक सुरज साउदले बालबालिकाको रेखदेखमा अभिभावकको भुमिका महत्त्वपूर्ण रहने भन्दै बालबालिकालाई बिधालयकै भरमा छोड्नु गलत भएको बताएका छन् । उनले बालबालिकाहरु दिनप्रतिदिन साथीहरूको संगतमा बिग्रदै गएको र लागुऔषध दुर्ब्यासनीमा फस्दै गएको बताउँदै अभिभावकहरुले आफ्ना बालबालिकालाई परिवारको निगरानीमा राख्न आवश्यक रहेको बताएका छन् ।
प्रमुख कार्यक्रमको विशिस्ट अतिथि नेपाल रेडक्रस सोसाइटी नारायणपुर शाखाका सभापति टोपबहादुर केसीले बाल दिवसलाई मात्रै प्राथमिकतामा नराखेर बालबालिकाको रेखदेखमा ध्यान दिन आवश्यक रहेको बताएका छन् । संरक्षणकर्मीले एक दिन एक रुपियाँ अभियानबाट संकलन भएको रकमले १० जना बिपन्न बालबालिकाहरु लाई शैक्षिक सामाग्री वितरण गरिएको संस्थाका सचिब नरेन्द्र रेग्मीले बताएका छन् । संस्थाले संरक्षणमा बाल सहाभागिता गराउन बाल दिवसको अवसरमा मनोज सुनारको संयोजकत्वमा ७ सदस्यीय “संरक्षण बाल क्लब”समेत गठन गरिएको छ। उक्त बाल क्लबको उपाध्यक्षमा स्वस्तिला ढुंगाना,सचिबमा हिमानी चौधरी,कोषाध्यक्षमा चेतना अधिकारी,सहसचिबमा इनु कुश्मि,सदस्यमा निर्मल चौधरी र सुजल साउद चयन भएका छन् ।
संस्थाका सदस्य संजय चौधरीले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव जय प्रसाद ढुंगानाले गरेका थिए ।