सात महिनादेखि विपद व्यवस्थापन समिती नेतृत्व बिहिन

शेयेर गर्नुहोस


टीकापुर २२ वैशाख /
टीकापुर नगरपालिकाको वन वातावरण तथा विपद व्यवस्थापन समिति पछिल्लो सात महिनादेखि नेतृत्व बिहिन बनेको छ ।
स्थानीय तहको पहिलो निर्वाचन देखि वन वातावरण तथा विपद व्यवस्थापन संयोजकको भुमिका निर्वाह गर्दै आएका वडा नं. ६ का वडा अध्यक्ष बलीराम चौधरीले गएको असोज २३ गते पदबाट राजिनामा दिएपछि समिती नेतृत्व बिहिन अवस्थामा रहेको हो । चौधरीले असोजमै राजीनामा दिएको भए पनि नगरपालिकाको कार्यपालिका बैठकले फागुन २४ गते स्वीकृत गरेको थियो । कार्यपालिकाको बैठकले चौधरीको राजिनामा स्वीकृत गरेकै दुई महिना पुग्दा पनि समिती संयोजकको जिम्मेवारी कसैलाई दिन सकेको छैन ।
नगरपालिकाको चालू आर्थिक वर्षको विवरण अनुसार हालसम्म १२ स्थानमा आगलागीका घटना मात्रै भएका छन् । नगरपालिकाको तथ्यांकमा नगरपालिका भित्र १२ पटक आगलागीका घटनामा नगरपालिकाको दमकल प्रयोगमा आएको देखिन्छ । त्यसैअनुसार अन्य विपदजन्य घटनाहरूमा पनि ठोस निर्णय गर्न सक्ने स्थिति समितिमा देखिएको छैन । समितिको संयोजक नै नभएपछि विपद व्यवस्थापन समितिको बैठक समेत बस्न नसकेको वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरी बताउँछन् ।
नियमित हुने कामहरू त संयोजक नहुँदा पनि हुन्छन् । त्यसमा खासै समस्या छैन । तर निर्णय गर्नुपर्ने, अन्य निकायसँग समन्वय र सहकार्यका लागि हुनुपर्ने पहल लगायतका कामहरूमा समस्या देखिएको छ ।” उनले भनिन्, “त्यस्तै कुनै निर्णयहरु कार्यपालिकामा पुर्याउनुपर्ने र त्यहाँबाट कार्यान्वयनका लागि निर्णय गर्नुपर्ने कुरा हुन सकेको छैन ।” उनका अनुसार विशेषगरी बाह्य निकायसँग जनप्रतिनिधिहरुले गर्ने समन्वय र सहकार्यले स्थानीय तहलाई बढी फाइदा हुने कुरामा कमि आएको देखिन्छ ।
खासगरी अन्य समयभन्दा बर्खाको समयमा नगरपालिकामा बाढी र डुवानको जोखिम हुने भएकोले त्यसको पुर्व तयारी लगायत आवश्यक योजना निर्माणमा पनि संयोजक नहुँदा अन्योलता सिर्जना भएको शाखा प्रमुख चौधरीको भनाई छ । “अब विपदको समय सुरु भैसकेको छ् । उता नयाँ आर्थिक वर्षको योजना तर्जुमा तथा बजेटको कुरा पनि नजिकिँदै छ ।” शाखा प्रमुख चौधरीले भनिन्, “त्यसका लागि आवश्यक तयारी र योजना बनाउनका लागि जुट्ने समयमा संयोजक नहुँदा समस्या त पार्ने निश्चित छ ।” उसो न त नगरपालिकाले विपदका कारण पुर्ण क्षति भएको परिवारलाई १५ हजार र आंसिक क्षति भएको परिवारलाई पाँच हजारका दरले राहत उपलब्ध गराउने नीतिगत निर्णय गरेको छ ।
उसो त नगरपालिकामा प्रवक्ताको जिम्मेवारी पनि कसैलाई दिइएको छैन । यसअघि वडा नं. ६ का वडा अध्यक्ष चौधरीलाई नै दिइएको प्रवक्ताको जिम्मेवारीबाट गएएको मंसिर २३ गते राजिनामा दिएका थिए । गएको फागुन २४ गतेकै कार्यपालिकाको निर्णयले प्रवक्ताको राजिनामालाई पनि स्वीकृत गरेको छ । खासगरी कार्यपालिकाको निर्णय देखि नगरपालिकाका जनसरोकारका विषयमा प्रवक्ता मार्फत आम नागरिकहरूलाई जानकारी गराउने जिम्मेवारी प्रवक्ताको हुने गरेको भए पनि स्थानीय तहमा त्यसको अभ्यास अझै हुन सकेको छैन । जिम्मेवारी पाएर पनि जिम्मेवारी पाएको व्याक्ती अधिकार बिहिन बन्नु परेको छ ।

ताजा खबर

१५ गते प्रचण्ड टीकापुर आउने

१५ गते प्रचण्ड टीकापुर आउने

एक सय बढीले गरे रक्तदान

Leave a Reply

Your email address will not be published. Required fields are marked *