शेयेर गर्नुहोस
टीकापुर १६ साउन/ कैलालीको टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्ने क्रममा आज एक वृद्धको मृत्यु भएको छ । टीकापुर नगरपालिका वडा नं. ८ का ७६ वर्षका नरबहादुर साउँदको मृत्यु सामाजिक सुरक्षा भत्ता बुझ्न आएको समयमा भएको वडाध्यक्ष दीर्घ ठकुल्लाले बताउँनुभएको छ ।
सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालय पुगेका वृद्ध साउँद एक्कासी बिरामी भएपछि उपचारका लागि वडा कार्यालयसंगै जोडिएको धनसिंहपुर स्वास्थ्य केन्द्र पुर्याउने क्रममा मृत्यु भएको वडाध्यक्ष ठकुल्लाले बताउनुभयो ।वडाध्यक्ष ठकुल्लाका अनुसार उनी केही समयदेखी बिरामी भएको पाइएको छ । उहाँलाई सुगर, प्रेसर लगायतको समस्या रहेको बताईएको छ । मृतक वृद्धले सामाजिक सुरक्षा भत्ता समेत बुझ्न पाएनन् । वडाध्यक्ष ठकुल्लाले बैंकमा लामो समय कुर्नुपर्ने भएपछि सामाजिक सुरक्षा भत्ता वितरण सहज होस् भन्ने उद्देश्यले वडा कार्यालयबाटै सुरु गरेको बताउनुभयो ।