सामुदायिक प्रहरी सेवा केन्द्रको चौथो चुनावी साधारणसभा सम्पन्न

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ३१ असार /
सामुदायिक सेवा केन्द्रको चौथौं चुनावी साधारण सभा सम्पन्न भएको छ ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष मोहन नाथ यौगिको अध्यक्षतामा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले सामुदायिक सेवा केन्द्रले समुदायका सानातिना वादविवादलाई मिलाउँदै समुदायसँग प्रत्यक्ष रुपमा प्रभाव पारेको बताएका छन् । उनले सामुदायिक सेवा केन्द्र समाजको एक महत्त्वपूर्ण अंगको रुपमा रहेको बताएका छन् ।
कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौंरा थारुले सामुदायिक सेवाकेन्द्रले समुदायका सानातिना कुराहरूलाई प्रहरी प्रशासन र अन्य निकायमा जान नदिएको बताउँदै समुदायको
लागि सामुदायिक सेवा केन्द्रको भुमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
सेवा केन्द्रका उपाध्यक्ष हरि तिमिल्सिनाले स्वागत गरेका थिए । चुनावी साधारणसभाले नया कार्यसमिति समेत चयन गरेको छ । जसको अध्यक्षमा हरि तिमिल्सिना, उपाध्यक्ष तारा प्रसाद अधिकारी, र कोषाध्यक्षमा बलबहादुर रावल निर्विरोध निर्वाचित भएका छन् । अन्य पदाधिकारीको भने अझै टुंगो लाग्न सकेको छैन ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *