शेयेर गर्नुहोस
टीकापुर २२ चैत /
सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसमा मंगलबार भएको स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेपाल बिद्यार्थी संघले विजयी हासिल गरेको छ ।
नेपाल बिद्यार्थी संघका नृप थापाले ४ सय ७५ मत ल्याउँदै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी अनेरास्ववियुका सुन्दर विश्वकर्मा थापाले ३ सय ४२ मत ल्याउनुभएको छ । त्यसैगरी नागरिक बिद्यार्थी समाजका भिम बहादुर चौधरीले २ सय ६६ र अखिल क्रान्तिकारीका भुपेन्द्र रावलले २ सय ३३ मत पाउनुभएको छ ।
त्यसैगरी सचीवमा पनि नेपाल विद्यार्थी संघका मणिराज भट्ट विजयी भएको निर्वाचन अधिकृत लालसिंह कार्कीले जानकारी दिनुभयो । उहाँले ५ सय १० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नागरिक बिद्यार्थी समाजका अनुज चौधरीले २ सय ८७ मत प्राप्त गर्नुभयो ।अखिल क्रान्तिकारीका मनिषा चन्दले २ सय २६ र अनेरास्ववियुकी लक्ष्मी ढकालले २ सय २४ मत प्राप्त गर्नुभयो ।
निर्वाचन अधिकृत कार्कीका अनुसार कोषाध्यक्षमा पनि नेपाल बिद्यार्थी संघका अनिता डगौरा थारु निर्वाचित हुनुभएको छ । उहाँले ४ सय ७४ ल्याउँदा अखिल क्रान्तिकारीका गणेश ओली २ सय ८४ प्राप्त गर्नुभयो । अनेरास्ववियुका यमराज साउँद २ सय ६९ मत प्राप्त गर्दा नागरिक बिद्यार्थी समाजकी निर्मला धामी २ सय २३ मत प्राप्त गर्नुभयो । एक हजार ६ सय १२ मतदाता रहेको निर्वाचनमा एक हजार तीन सय ४४ मत खसेको निर्वाचन अधिकृत कार्कीले बताउनुभयो ।