स्वास्थ्य सेवामा छुटका लागि बैंक र अस्पताल बीच सम्झौता

शेयेर गर्नुहोस


टीकापुर १० असोज /
नेपाल एसबिआई बैंक लिमिटेड र साथी अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. बीच मंगलबार सम्झौता भएको छ ।
नेपाल एसबीआई बैंक लिमिटेडका सम्पुर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी साथी अस्पताल बीच अस्पतालमा सेवा लिन आउने बिरामीहरुलाई छुट प्रदान गर्ने विशेष सम्झौता भएको हो । बैंकका सुदुरपश्चिम प्रदेश प्रमुख सन्तोष कुमार भण्डारी र अस्पतालका अध्यक्ष जगदिश्वर पण्डित बीच सम्झौता पत्रका हस्ताक्षर गर्दै सेवा आदानप्रदानको लागि सम्झौता भएको छ ।
सम्झौता पत्रमा सम्पूर्ण शरीरको सामान्य परिक्षणमा २५ प्रतिशत, सम्पुर्ण शरीरको अग्रिम परिक्षणमा २५ प्रतिशत, मधुमेह र उच्च रक्तचापका बिरामीका लागि प्याकेजमा २५ प्रतिशत, गर्भवती बिरामीहरूको लागि प्याकेजमा २५ प्रतिशत छुट पाउने गरी सम्झौता भएको अस्पतालका प्रबन्धक निर्देशक नगेन्द्र बहादुर शाहीले बताएका छन् । उनकाअनुसार बैंकसँग सम्बन्धित ब्याक्ती अस्पतालमा उपचारमा आउँदा ओपिडी सेवामा २० प्रतिशत, बेड चार्जमा २० प्रतिशत, अपरेशन थिएटरमा च १० प्रतिशत, प्रयोगशाला परीक्षण शुल्कमा १० प्रतिशत र
फार्मेसीमा ५ प्रतिशत छुट पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *