होमस्टे व्यवस्थापन तालिम सुरु

शेयेर गर्नुहोस


टीकापुर २९ वैशाख /

जानकी गाउँपालिकाको आयोजनामा पाँच दिने सामुदायिक होम स्टे व्यवस्थापन तालिम शुरु भएको छ ।
जनाकी गाउँपालिकाको वडा नं. ६ मा शुरु भएको तालिममा जानकी गाउँपालिकाका तीन स्थानमा सञ्चालन भैरहेका होम स्टेमा आवद्ध नागरिकहरुको सहभागिता रहेको छ । तालिमको उद्घाटन गर्दै जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले तालिमको सही सदुपयोग गर्न आग्रह गरेका छन् । “हामीले पैसा कमाउन नजानेको अवस्थामा पैसा कमाउने बाटो पहिचानका लागि यो तालिमको आयोजना गरिएको हो । त्यसमा सक्रिय सहभागिता सहित तालिमको सदुपयोग गर्न आग्रह पनि गर्छु ।” उनले भने, “व्यवसायलाई थप व्यवस्थापन गर्न यो तालिम फलदायी बन्ने अपेक्षा हामीले लिएका छौँ ।”
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लालमतिदेवि कठरियाले तालिममा सिकेका कुरा व्यवहारमा उतार्नेमा आफू विस्वस्त रहेको बताएकी छन् । “हामीलाई आशा छ, तालिममा सिकेको कुरालाई कार्यान्वयन गर्नुहुनेछ ।” उनले भनिन्, “होम स्टेलाई थप व्यवस्थित बनाउनका लागि पनि तालिम प्रभावकारी हुने आशा छ ।”
प्रमुख प्रशासकिय अधिकृत भानुभक्त भट्टले गाउँपालिका भित्र रहेका होम स्टेका सञ्चालकहरुको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको बताएका छन् । तालिमका प्रशिक्षक होम स्टे घरवास महासंघका महासचिव कृष्णलाल चौधरीले होम स्टे सबैले सञ्चालन गर्न सक्ने र मानिसको जिवनसंग जोडिएको पेशा भएकाले यसले आर्थिक सम्वृद्धि ल्याउन सक्ने अपेक्षा गरिएको बताए ।
स्थानीय जगतपुर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष निरबहादुर शाहले जगतपुरमा स्थापना भएको होम स्टे सञ्चालनका लागि सामुदायिक वनले सहयोग गरिरहेको र आगमी दिनमा पनि सहयोग जारी रहने बताएका छन् । वन बाताबरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख नेत्रप्रसाद जैशीले सञ्चालन गरेको कार्यक्रममा कार्यपालिकाका सदस्य पार्वती चौधरीले स्वागत गरेकी थिइन् । तालिममा जानकी गाउँपालिकाको अमौरी, जगतपुर र वक्लौवामा सञ्चालित होम स्टेमा आवद्ध २५ जनाको सहभागिता रहेको छ ।

ताजा खबर

शव चिस्यान मेसिन हस्तान्तरण

होमस्टे व्यवस्थापन तालिम सुरु

राष्ट्रपति रनिङ शिल्ड सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *