१० जना जुवाडे पक्राउ

शेयेर गर्नुहोस


टीकापुर ११ असोज /
कैलालीमा नगदसहित १० जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको जोशीपुर गाउँपालिका वडा नं. ५ बनकट्टा स्थित प्रबेस चौधरीको कुखुरा फारममा जुवातास खेलिरहेको अबस्थामा सोही ठाउँका ४० वर्षीय शिब चौधरीसहित १० जनालाई बुधवार राति प्रहरीले पक्राउ गरेको हो।
गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिईएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले बताएको छ। टोलीले उनीहरुलाई १ लाख १३ हजार नगद र ४ बुक तास सहित पक्राउ गरेको बताइएको छ। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय भजनीले थप अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *