शेयेर गर्नुहोस
टीकापुर २२ वैशाख /
टीकापुरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेका छन् ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेड टीकापुर शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेका हुन । इन्स्योरेन्स कम्पनी २४ वर्ष पुरा भई २५ वर्ष प्रवेश भएको उपलक्ष्यमा टीकापुर शाखाले रक्तदान तथा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो ।
टीकापुर शाखाका प्रमुख दिपक पन्थिले वार्षिकोत्सवको अवसरमा विभिन्न किसीमका सामाजिक काम गर्ने लक्ष्य अनुसार टीकापुर शाखाले रक्तदान गरेको बताएका छन् ।
इन्स्योरेन्सका सुदुरपश्चिम प्रदेश प्रमुख दिपक भट्टले सञ्चालन गरेको कार्यक्रममा ईलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख कृष्ण थापा, वरिष्ठ एजेन्सि म्यानेजर मष्टिप्रसाद जैशी, देव प्रसाद जैशी, दिपक धितालले शुभकामना मन्तव्य राख्नु राखेका थिए ।










