शेयेर गर्नुहोस
टीकापुर २१ चैत /
६६ औं राट्रिय सहकारी दिवसको अवसर पारी कैलाली जिल्लाको टीकापुरमा पनि मनाइएको छ ।
अवसरमा प्रभात फेरी कार्यक्रम र टिकापुर अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण लगायतका कार्यक्रम आयोजना गर्दै ६६ औं राष्ट्रिय सहकारी दिवस मनाइएको हो । टीकापुर नगर सहकारी संजाल र सिएमसि कैलालीको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा टीकापुर नगर सहकारी संञ्जालका अध्यक्ष तथा उन्नत साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक कमल बहादुर ठकुल्लाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी टीकापुर नगर पालिकाका नगर प्रमुख रामलाल डगौरा थारु रहेका थिए ।
उनले टीकापुरमा ७० भन्दा बढी सहकारी स्थापना भएका तर सक्रिय सहकारीको संख्या ३०/३५ मात्र रहनु त्यो राम्रो नभएको बताएका छन् । नगर प्रमुख थारुले सहकारी स्थापना गरेर मात्र नहुने र त्यसका लागि सक्रिय रुपमा उद्देश्य अनुसार काम गर्नु पर्ने बताउँदै सहकारीलाई नगरपालिकाले पनि सहयोग गर्ने बताएका छन् । “सहकारी स्थापना गरेर मात्रै सबै कुरा हुँदैन । त्यसको उद्देश्यअनुसार काम पनि हुनुपर्छ ।” नगर प्रमुख थारुले भने, “यदी सहकारीले आफ्नो उद्देश्यअनुसार काम गर्न सकेको खण्डमा नगरपालिकाले गर्नुपर्ने सहयोग निरन्तर गर्ने छ ।”
कार्यक्रममा आर्थिक विकास समिति संयोजक यज्ञप्रसाद न्यौपाने, आर्थिक विकास शाखा प्रमुख नन्दबहादुर केसी, कोअप्रेटिभ म्यानेजर क्लव कैलालीका अध्यक्ष छविलाल जैशीले आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन क्लवका सचिव नरेन्द्र टमट्टाले गरेका थिए । कार्यक्रममा नगर स्तरिय सहकारी संञ्जालकोे तर्फबाट अध्यक्ष ठकुल्लाले विभिन्न १० बुदे माग सहित नगर प्रमुख थारु समक्ष ज्ञापन पत्र समेत बुझाएका छन् ।