कमजोरी भए तथ्यका आधारमा औल्याइदिन धितालको आग्रह

शेयेर गर्नुहोस


टीकापुर १५ पुस /
टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले पत्रकार आचारसंहितामा रहेर तथ्य र तथ्यांकमा आधारित भएर नगरपालिकाका कमजोरी औल्याईदिन आग्र गरेका छन् ।
टीकापुरमा छ दिन अघि शुरु भएको आधारभूत पत्रकारिता तालिमको मङ्गलबार भएको समापन कार्यक्रममा बोल्दै धितालले यस्तो बताएका हुन । ‘कतिपय पालिकामा पत्रकारले धम्क्याउने थर्काउने गरेको सुनिए पनि टीकापुरका पत्रकारबाट अहिलेसम्म त्यसो भएको छैन ।” धितालले भने, ‘नगरपालिकाका काममा कमी कमजोरी भए तथ्यमा आधारित भएर औंल्याइ दिनुहोस सुधार गरेर जानेछौं ।’
तालिमका प्रमुख प्रशिक्षक एकिन्द्र तिमिल्सेनाले टीकापुरमा भएको सूचना सञ्चार र पत्रकारिताको जनशक्ति प्रयोग गरेर तालिम दिइएको र सबै सहभागी सक्रीय सहभागी हुँदा तालिम समापनको दिनसम्म समाचार प्रकाशन र प्रसारण पनि भै सकेको बताएका छन् । प्रशिक्षक तिमिल्सेनाले टीकापुरमा मिडियाको सङ्ख्या अनुसार काम गर्ने प्रयाप्त जनशक्ति नभएकाले अभ्यास गर्दै तत्काल काम पाइने संभावना भएको पनि बताए ।
कार्यक्रमका सहभागी नरदीप ओडले तालिमबाट व्यवसायिक कुराहरु सिक्न पाएको र पत्रकारिताबाट केही गर्न सकिन्छ भनेर मनोवल बढेको बताए । अर्का सहभागी पार्वती हमालले हरेक दिन नयाँनयाँ कुरा सिक्दासिक्दै छ दिन सकिएकोले तालिमको अवधि छोटो भएको बताइन् । सहभागीहरुले सञ्चार, पत्रकारिता, समाचार, आचार संहिता जस्ता विषयमा तालिम पाएका छन् । प्रशिक्षार्थीहरुले तालिमकै अवधीमा अभ्यास गरेका समाचार विभिन्न विभिन्न मिडियामा प्रकाशन भएका छन भने अन्तिम दिन छ/छ जनाको समूहले दुई वटा भित्ते पत्रिका पनि प्रकाशन गरेका छन् ।
सञ्चारकर्मी समूह टीकापुरका अध्यक्ष दीपकबहादुर थापाले टीकापुरमा मिडियामा काम गरिरहेका तर आधारभूत तालिम नपाएका र नयाँ प्रवेशीका लागि भएको तालिमबाट लाभ दिनुभएका सबैलाई व्यवसायिक अभ्यास गर्न सुझाव दिदै तालिमका लागि बजेट विनियोजन गर्ने टीकापुर नगरपालिकालाई धन्यवाद दिए ।
टीकापुर नगरपालिकाको एक लाख रुपियाँ आर्थिक सहयोगमा सञ्चारकर्मी समूहको आयोजनामा भएको आधारभूत पत्रकारिता तालिम दलित, जनजाति, महिला गरी १२ जनाले प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *