जनकल्याण सुदूरपश्चिममा उत्कृष्ट

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर, २९ मंसिर/
कैलालीको टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुदूरपश्चिम प्रदेशमा संचालित बचत तथा ऋण सहकारी संस्थाहरुमा उत्कृष्ट संस्थाको रुपमा सम्मानित तथा पुरस्कृत भएको छ ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको १७औँ बार्षिक साधारण सभा अन्तर्गत सुदुरपश्चिम प्रदेश स्तरीय इकाई सभाको भर्चुअल माध्यमबाट उदघाटन कार्यक्रममा जनकल्याण सहित प्रदेश स्तरमा २ तथा बैंकको धनगढी शाखा स्तरमा २ संस्था गरी ४ संस्थाहरु पुरस्कृत तथा सम्मानित भएको घोषणा गरिएको छ । जसमा बचत तथा ऋण बाहेकका सहकारी संस्थाहरु मध्येबाट नवजिवन सहकारी संस्था लिमिटेड धनगढी कैलाली उत्कृष्ट भएको छ । त्यस्तै शाखा स्तरीय नियमित कारोबार बिधामा लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढी कैलाली र उत्कृष्ट कारोबार बिधामा दलित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पुनर्वास कंचनपुर सम्मानित भएका छन् ।
यसैक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, टीकापुरका अध्यक्ष बद्रि प्रसाद भट्टराईले सम्मान तथा पुरस्कार प्राप्त हुँदा निकै खुशी लागेको भन्दै आगामी दिनमा प्राप्त उपलब्धीहरुलाई जोगाउँदै सामाजिक क्षेत्रमा थप सेवा मुलक कार्यक्रमहरु अगाडि बढाउने प्रतिबद्धता जनाउनु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै सुदुरपश्चिम प्रदेश भुमि व्यवस्था, कृर्षि तथा सहकारीमन्त्री विनिता देवी चौधरीले सुदुरपश्चिम प्रदेशको आर्थिक समृद्धिका लागि उत्पादन मुलक क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो । यसको लागि सहकारी क्षेत्र प्रमुख साझेदारका रुपमा रहने उहाँको भनाइ थियो । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १७ औँ बार्षिक साधारण सभा अन्तर्गत सुदुरपश्चिम प्रदेश स्तरीय इकाई सभाको भर्चुअल माध्यमबाट उदघाटन पछि उहाँले यस्तो बताउनु भएको हो । मन्त्रि चौधरीले भन्नुभयो, ‘समृद्घ नेपाल ः सुखी नेपाली’ बनाउने नेपाल सरकारको अभियानलाई सफल पार्नका लागि ग्रामिण तहमा पनि ठुलो मात्रामा सहकारीहरु फैलिएको र नागरिकहरु कुनै न कुनै सहकारीमा सदस्यता प्राप्त गरि आवद्ध भएका हुनाले यस अभियानलाई सफल पार्नको लागि सहकारी क्षेत्रको महत्वपुणर् भुमिका हुनुपर्छ ।’ अव्यवस्थित सहकारीहरुलाई व्यवस्थित बनाएर उत्पादनमुलक क्षेत्रमा पुँजि परिचालन गर्नका लागि राष्ट्रिय सहकारी बैंकको भुमिका आवश्यक रहेको र त्यसको लागि सुदुरपश्चिम प्रदेश सरकार साझेदार गर्न तयार रहको मन्त्रि चौधरीले बताउनुभयो ।
कार्यक्रम बैँकका अध्यक्ष के.बी.उप्रेतीको अध्यक्षतामा भएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले संचालन गर्नुभएको कार्यक्रममा बैकका संचालक शिवा थापाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बैंकका केन्द्रिय सल्लाहाकार भागवत श्रेष्ठ विशिष्ट अतिथि रहनुभएको थियो भने अतिथिहरुमा सुदुरपश्चिम प्रदेशसभा सदस्य तथा राष्ट्रिय सहकारी महासघका संचालक तारा लामा तामाङ्ग, राष्ट्रिय सहकारी महासघका संचालक पदमा गरुङ्ग, नेफ्स्कुनका केन्द्रिय संचालक माधव प्रसाद जोशी, राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य अमर खड्का, जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणीराज सापकोटा लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम बैँकका अध्यक्ष के.बी.उप्रेतीले बार्षिक प्रगति प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले प्रस्तुत गर्नु भएको थियो । सुदुरपश्चिम प्रदेश स्तरीय एकाई सभाले सबै प्रस्तावहरु सर्वसम्मत पारित समेत गरेको छ । कार्यक्रममा बैँकका संचालक एवम् शिक्षा तालिम तथा सम्मान उपसमितिका संयोजक सरिता तिमिल्सेना भट्टराईले पुरस्कृत तथा सम्मानित संस्थाहरुको नामावली घोषणा गर्नुभएको थियो । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १७ औँ बार्षिक साधारण सभा अन्तर्गत सुदुरपश्चिम प्रदेश स्तरीय एकाई सभाको भर्चुअल कार्यक्रममा सुदुरपश्चिम प्रदेशमा २०० भन्दा बढी सदस्य सहकारी संघ/संस्थाहरुको सक्रिय सहभागिता भई कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको बैंकका धनगढी शाखा प्रवन्धक कृष्ण रावलले जानकारी दिनुभयो । कोरोना महामारीका कारण प्रदेश इकाइगत रुपमा संचालित बैंकको १७ औं साधारणसभा पौष ३ गते समापन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *