चट्यांग लागेर बालिकाको ज्यान गयो

शेयेर गर्नुहोस


समाधान समाचार
टीकापुर २९ साउन /
लम्कीचुहा नगरपालिका वडा नं. १ थपालीपुरकी एक बालिकाको चट्यांग लागेर आज ज्यान गएको छ ।
घर नजिकैको चउरमा खेलिरहेकी १५ वर्षीया मञ्जु शाहीको चट्यांग लागेर ज्यान गएको हो । स्थानीय ललित जैशीले दिएको जानकारी अनुसार शाहीको घटनास्थलमै चट्यांग लागेर ज्यान गएको हो । उनको शरीरभरि निलडाम छ ।चट्यांग लागेर सोही ठाउँकी १३ वर्षीय भावना शर्मा घाइते भएकी छिन् । घाइतेको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक सुरेन्द्र चन्दले चट्यांग लागेर शाहीको ज्यान गएको जानकारी दिए।
हाम्रो पत्रबाट

ताजा खबर

भजनीको बजेट ७० करोड

विपद सम्बन्धि अन्तरक्रिया

४९ जनालाई पुरस्कार वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *