चन्द्रकान्तको गोजाइमास सार्वजनिक

शेयेर गर्नुहोस


टीकापुर ०६ जेठ /
सर्जक तथा कलाकार चन्द्रकान्त अधिकारीको गोजाइमास सार्वजनिक भएको छ ।
पुजा देवकोटा र अधिकारीको स्वरमा रहेको उक्त गितले पछिल्लो समय रोजगारीका लागि राम्रो गन्तव्य बनेको भारतको ब्याङलोर र अध्ययनका लागि निकै रुचाइएको जापानको कुरालाई प्राथमिकता दिएको छ । केटाहरू गाउँघरमा काम नपाएपछि दिनभर बरालिने, जाड रक्सी खाने अन्ततः ब्याङ्लोर जाने गरेको भन्दै कलाकार देवकोटाले व्यङ्ग्य गरेकी छन् भने, अध्ययन सँगसँगै कमाई पनि हुनेभएपछी केटीहरु जापनीज भाषा पढ्ने जापनीज नै बोल्ने भन्दै व्यङ्ग्य गरिएको छ ।
भरत भण्डारीको निर्देशनमा बनेको उक्त गितको भिडियोग्राफी चक्र बोहराले गरेका छन्। कथा प्रोडक्सनको व्यानरमा बनेको गितमा मोडल लिलेन साउँद र लक्ष्मी साउँदको मुख्य भुमिका देखिएको छ । कलाकार लक्ष्मण विक, पुस्कल विष्ट, सीता साउँदको अभिनय पनि देख्न सकिन्छ । क फिल्मस युटुव च्यानलबाट गितलाई सार्वजनिक गरिएको छ । गायक अधिकारीको लय, शब्द रहेको उक्त गितमा संगीत जय देवकोटाले भरेका छन् भने गीत रेकर्ड तरंग रेकर्डिङ स्टुडियो अनामनगर काठमाडौं भएको थियो ।
विभिन्न मेला महोत्सव, साँस्कृतिक कार्यक्रमहरु लगायत जनचेतनामूलक सडक नाटकमा समेत प्रस्तुत हुँदै आएका अधिकारीले आगामी दिनमा गित संगीतलाई निरन्तरता दिने बताएका छन् । “गीत संगीतमा सुरुका दिनमा निकै ठुलो चुनौती र संघर्ष छ ।” उनले भने, “आत्मविश्वास र लगातारको मिहेनतले असफल भन्ने केही हुँदैन ।”

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *