नगर प्रमुख थारु समक्ष २१ बुदे ज्ञापनपत्र

शेयेर गर्नुहोस


टीकापुर २६ वैशाख /
नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यक्रम वमोजिम देशभरका स्थानिय तहका पालिका प्रमुखहरुलाई सुशासन र दिगो विकासका गति सम्बन्धमा ज्ञापन पत्र पेश गर्ने कार्यक्रम अनुसार टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुलाई पनि ज्ञापनपत्र बुझाएको छ ।
गणतन्त्र स्थापनाको लामो समय व्यतीत भैसक्दा पनि प वर्तमान समयमा मुलुकमा विकृति, विसंगति र सुशासन उलंघनका घटनाहरु अत्याधिक समाचारका विषय बनिरहेका बताउँदै जनताले अपेक्षा गरेअनुरुप काम स्थानिय सरकारहरुले गर्न सकिरहेको र जनचाहाना अनि भावना विरुद्ध सरकारका निकायहरु सक्रिय रहेको कारण जनतामा व्यापक असन्तुष्टी र निरासा सृजना भएको भन्दै नगर प्रमुख थारुलाई ज्ञापनपत्र बुझाइएको हो ।
नगर प्रमुख थारु समक्ष एकीकृत समाजवादी टीकापुर नगर कमिटीले २१ बुदे माग सहित ज्ञापनपत्र बुझाएको पार्टीका नगर कमिटी अध्यक्ष महेश बुढाले जानकारी दिएका छन् । उनका अनुसार उक्त मागमा नगर प्रमुखलाई गम्भीर भएर जनताको हकहितमा काम गर्न पनि आग्रह गरिएको बताइएको छ ।
ज्ञापनपत्रमा नगर परीपदबाट बजेट विनियोजन भएका योजनाहरु मात्र कार्यन्वयन गर्न, नगर परिषदवाट छनौटभई पास भएका योजना कार्यपालीकाबाट तोडमोड गरेर कार्यन्वयन नगर्न, बजेटको सुनिश्चितता नभएको अवस्थामा कार्यपालिवाट अनावश्यक योजनामा रकम रकमान्तर तथा विनियोजन नगर्न, नगरपालिकामा कर्मचारी भर्ना गर्दा नगरको आन्तरिक स्रोत अध्ययनगरी आवश्यक कानुनी प्रकृया पुर्याएर खुल्ला प्रतिस्पर्धाबाट मात्र छनौट गर्न भनिएको छ ।
त्यसैगरी नगरपालीकामा निर्वाचित जनप्रतिनिधिहरु पार्टीकार्यक्रममा वा निजी काममाजादा सरकारको खर्चमा जानेगरेको भन्ने व्यापक जनगुनासो सुनिएकोले दैनिक भर्मण भता, यातायात खर्च, जनप्रतिनिधि तथा कर्मचारीले प्रयोग गर्ने यातायात सुविधा दुरुपयोग भएको वारेमा यथार्थ विवरण सार्वजनकि गर्न पनि भनिएको छ ।
कार्यलयको आवश्यकता भन्दा बढी र अनावश्यक सामाग्री खरीदगरी आर्थिक दुरुपयोग नगर्न, फोहोरमैला व्यावस्थापनका लागि दिगो समाधान हुने गरी कार्य गर्न लगायतका माग नगर प्रमुख थारु समक्ष राखिएका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *