निबन्ध प्रतियोगितामा खड्ग स्मृति प्रथम

शेयेर गर्नुहोस


टीकापुर २३ फागुन /
टीकापुर नगरपालिका वडा नं.२ को आयोजना तथा सिर्जनशील युवा समाज नेपालको सहजीकरणमा सञ्चालन भएको निबन्ध प्रतियोगितामा खड्ग स्मृति माद्यामिक बिधालयले प्रथम स्थान हासिल गरेको छ ।
यहीँ फागुन १८ गते आयोजना भएको माद्यामिक तह स्तरिय निबन्ध प्रतियोगितामा खड्ग स्मृति माद्यामिक बिधालय टीकापुरकी कञ्चन शाही प्रथम भएकी हुन । “बालविवाह र लैङ्गिक हिंसा” शिर्षकमा भएको माद्यामिक तह स्तरीय निबन्ध प्रतियोगितामा आरएमई स्कुलकी सुप्रीया जोशी दोस्रो स्थान हासिल गर्न सफल भएकी छन् ।
त्यसैगरी सगुन विद्या निकेतन टीकापुरका विनोद ढुंगाना तृतीय हुँदा जनजागृती माद्यामिक बिधालय सीतापुरका भरत सार्की शान्त्वना स्थान हासिल गर्न सफल भएको निर्णायक मण्डलका संयोजक कान्तीप्रसाद ज्ञवालीले बताएका छन् ।
प्रतियोगितामा टीकापुर भित्रका ९ वटा बिधालयको सहभागिता रहेको थियो । साहित्य मार्फत सामाजिक सद्भाव कायम गर्ने उद्देश्यका साथ सञ्चालन भएको उक्त कार्यक्रम ६ चरणमा सञ्चालन हुने छ । अझै किसानका समस्या समाधान विषयक अन्तरक्रिया कार्यक्रम र जेष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना हुन बाँकी रहेका छन् । अन्तिम कार्यक्रममा यसअघिका प्रतियोगितामा बिजेतालाई पुरस्कार वितरण लगायतको कार्यक्रम सञ्चालन गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *