बाल संरक्षण सम्बन्धि गोष्ठी सम्पन्न

शेयेर गर्नुहोस


अर्जुन खत्री
भजनी २६ मंसिर /
बाल संरक्षण नीति सम्बन्धि कार्यक्रम भजनिमा सम्पन्न भएकाे छ ।
भजनि नगरपालिकाकाे अायाेजना र बेसकाे प्राविधिक सहयाेगमा भएकाे कार्यक्रमकाे अध्यक्षता भजनी नगरपालिकाका नगर प्रमुख शेर बहादुर चाैधरिले गर्नु भएकाे थियाे । उक्त कार्यक्रममा उपप्रमुख छाया देवकाेटा , भजनि नगरपालिकाका सम्बन्धि कर्मचारी , विभिन्न विद्यालयका प्रधानाध्यापक , बाल क्लबका प्रतिनिधि , समाजसेवि पत्रकार लगायतकाे सहभागी रहेकाे थियाे । कार्यक्रममा बाल काेष , कुन उमेरका बालबालिका जाेखिमका छन कस्ता कार्यक्रमकाे अावश्यकता छ , कसरी बाल मैत्रि नगरपालिका बनाउने , बालबालबालिका सम्बन्धि नीति कार्यक्रम किन अावश्यक छ अादि विषयका बारेमा छलफल भएकाे थियाे । उक्त कार्यक्रममा उपप्रमुख छाया देवकाेटाले बालबालिकाकाे विषयमा अाफुले सधै कार्यापालिकामा छलफल र बहस गरेकाे बताएकि छन। उनले बालबालिकाकाे आवश्यक कार्यक्रममा लाई निरन्तरता दिने बताएकि छन । प्रमुख शेर बहादुर चाैधरिले बालबालिकामा गरेकाे लगानि दिगाे हुने बताउदै बालबालिका लाई राम्राे शिक्षा ,दीक्षा , ज्ञानले भाेलि गएर हामी र हाम्राे नगरपालिकामा राम्राे युवा पुस्ता अाउन सक्ने बताएका छन। उनले भजनी नगरपालिकाले बालबालिका अगाडि बढाउने किसिमकाे कार्यक्रम लाई जाेड दिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *