विद्यार्थीद्वारा शिव मन्दिर सरसफाई

शेयेर गर्नुहोस


टीकापुर ०३ फागुन /
टीकापुर स्थित न्यू लाइट एजुकेशन होमका विद्यार्थीहरुले वुधबार टीकापुर स्थित, शिव मन्दिर परिसर सरसफाई गरेका छन् ।
साँस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षण तथा सम्र्वधन, न्यू लाइट एजुकेशन होमको अभियान भन्ने मूल नाराका साथ विद्यालयमा गठित क्यअष्ब िक्भचखष्अभ ऋगिद र भ्अय ऋगिद का शिक्षक गणेश गिरी लगायत करिब ८० जना विद्यार्थीको समूहले सरसफाई गरेका हुन्, उक्त सरसफाई कार्यक्रममा विद्यार्थीले मन्दिर भित्र र बाहिर सरसफाई गरेका हुन् ।
विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई बाहिरी ज्ञानको विकासका लागि विद्यार्थीलाई विविध क्रियाकलापमा आवद्ध गराउदै आइरहेको विद्यालयका प्र.अ. जय कुष्ण तिमिल्सिनाले वताउनु भयो ।
क्लवका प्रमुख दिपक के.सी. ले धार्मिक सम्पदा तथा सर्वजनिक स्थलहरुको सरसफाई संरक्षण तथा सम्र्वधनले स्थानिय क्षेत्रमा आन्तरिक पर्यटकको विकास र विद्यार्थीहरुमा व्यावहारिक, सामाजिक तथा साँस्कृतिक जर्गेनाको सचेतना सम्बन्धि ज्ञान सिक्ने कुरामा जोड दिनु भयो ।
यसै क्रममा मन्दिर व्यवस्थापनका पदाधीकारी राम बहादुर भण्डारीले विद्यालयले गरको काम प्रति विशेष आभार प्रकट गर्नुभयो । साथै सामाजिक कार्य प्रति न्यू लाइट एजुकेशनका विद्यार्थीले टीकापुर क्षेत्रमा महत्वपूणर् भूमिका खेलेको जानकारी दिनुभयो । सरसफाई कार्यक्रमको अन्त्य मन्दिरका पूजारीले धन्यवाद ज्ञापनका साथै विद्यार्थीलाई प्रसाद वितरण गरेर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *