सामाजिक अभियान्ता माथी छानबिन होस्

शेयेर गर्नुहोस


वैशाख ११/
सामाजिक अभियान्ताको रुपमा देखिएका कैयौं व्यक्तिको पर्दा पछाडिको कहानी निकै गम्भीर छ । किनभने त्यहीँ गम्भीरता पुर्व गृहमन्त्री सुधन गुरुमा देखियो । जुन व्यक्तिको राजनीतिक पृष्ठभुमि थिएन तर सामाजिक अभियान्ताको रुपमा छवि बनाएका गुरुङको बाहिरबाट हेर्दा र भित्रबाट हेर्दाको पृष्ठभुमि फरक देखियो । त्यहीँ फरक पृष्ठभुमिका कारण आलोचित बनेका गुरुङले एक महिनामा राजीनामा दिनुपर्ने स्थिति आयो । त्यस्तै सामाजिक अभियान्ताको रुपमा चिनिएका र समाजमा राम्रो छवि बनाएकाहरु पनि शंकाको घेरामा परेका छन् । किनभने सामाजिक अभियान्ताको नाममा कतै उनीहरूले आफ्नो निहित स्वार्थ पूरा गर्ने काम मात्रै त गरेका छैनन् ?
यसतर्फ ध्यान सायद कसैको पुगेको छैन । कुनै सामाजिक क्षेत्रमा काम गर्ने भन्दै नागरिकस्तरबाटै लाखौं करोडौं रकम संकलन गरेका व्यक्तिले त्यो संकलन भएको रकम सहि ठाउँमा खर्च गरेका छन् त ? अर्को हिजोको त्यो व्यक्तिको पारिवारिक पृष्ठभुमि र आजको पारिवारिक पृष्ठभुमि अस्वभाविक परिवर्तन भएको अवस्थामा त्यो परिवर्तनको आधार के हो त ? कतै त्यहीँ सामाजिक अभियान्ताको नामबाट संकलन भएको सम्पत्ति दुरुपयोग भएको त छैन ? जसरी गाउँबाट हात्ती छाप चप्पल पड्काउँदै शहर पुगेकाहरु रातारात धनी बने भने जस्तै आर्थिक रुपमा निकै कम्जोर पारिवारिक पृष्ठभुमिका सामाजिक अभियान्ता कसरी करोडौंका मालिक बने त्यो खोजबिनको विषय हुनुपर्छ । पर्दा बाहिर सामाजिक अभियान्ताको रुप धारण गरेका कैयौं त्यस्ता व्यक्ति पर्दा भित्र निकै सम्पन्न बनेका तथ्य छन् ।
त्यसको कारण पनि सरकारले खोज्दा धेरै कुराहरू बाहिर आउन सक्छन् । जसरी २०६३ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्ति सम्पत्ति छानबिनको दायरामा आउने कुरा छ त्यसैगरी संघसंस्था सञ्चालन गर्ने तथा अभियान सञ्चालन गर्ने अभियान्ता पनि छानबिनको दायरामा आउनुपर्छ । वास्तवमा सामाजिक अभियान्ताको नाममा भैरहेको ब्रह्नलुटको खाडल निकै गहिरो छ । यसले वास्तविक रुपमा समाजको भलाइका लागि काम गर्दै आएकाहरु समेत बदनाम भैरहेका छन् । त्यो रोक्नु सरकारको दायित्व हो । उनीहरू पनि छानबिनको दायरामा आउन सके कैयौं त्यस्ता नाममा सामाजिक अभियन्ताको वास्तविक चरीत्र सार्वजनिक हुने छ र पिडितका लागि भनेर भैरहेको सहयोग वास्तविक पिडितसम्म पुग्न सक्छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *