सिएमसी कैलालीको प्रथम साधारण सभा सम्पन्न

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०७ फागुन/
कैलाली स्थित सहकारी संस्थाका व्यवस्थापकहरुको साझा संस्थाको रुपमा स्थापना भएको कोअपरेटिभ म्यानेजर्स क्लब कैलालीको प्रथम वार्षिक साधारणसभा शनिबार कैलालीको घोडाघोडी नगरपालिका स्थित तिला कणर्ाली बचत तथा ऋण सहकारीमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष छबिलाल जैशीको सभापतित्वमा भएको साधारणसभाको उद्दघाटन सत्रमा सुदूरपश्चिम प्रदेश भुमि व्यवस्था, कृर्षि तथा सहकारी मन्त्रालय, सहकारी विभागका रजिष्ट्रार गोकुल प्रसाद बोहरा प्रमुख अतिथि रहनुुभएको थियो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि बोहराले सरकारी, निजी तथा सहकारी क्षेत्र मिलेर मुलुकलाई विकासको गतिमा अघि बढाउने सरकारको नीति अनुरुप सहकारी क्षेत्रपनि एक खम्बा भएकोले देश विकासको एक तिहाइ जिम्मा सहकारी क्षेत्रले लिुन जरुरी रहेको बताउनुभयो । सहकारी संस्थाहरुले लाखौ करोडौं मुनाफा आर्जन गर्नुभन्दा सदस्यहरुको सेवामा बढी ध्यान दिनुपर्नेमा उहाँको जोड थियो । सिएमसीले कैलाली मात्र नभएर समग्र सुदूरपश्चिमको सहकारी अभियानलाई मजबुद बनाएर अगाडी लैजाने कार्यमा टेवा पुगाउनेमा विश्वास व्यक्त गर्दै बोहराले सहकारी ऐन नियमावलीले निर्दिश्ट गरेका विषयहरुलाई अक्षरशः पालना गरेर अगाडि बढ्न सझाव समेत दिनभएको छ ।
कार्यक्रममा नेफ्स्कुनका संचालक माधव प्रसाद जोशी तथा राष्ट्रिय सहकारी बैंकका संचालक शिवा थापा विशिष्ट अतिथि रहनुुभएको थियो । कार्यक्रममा जिल्ला बचत संघ कैलालीका संचालक तथा टीकापुर सहकारी संजालका अध्यक्ष बद्रि प्रसाद भटट्राई, लम्की चुहा सहकारी संजालका अध्यक्ष खगेन्द्र प्रसाद धमाला लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
साधारणसभाले संस्थाको आव २०७७/०७८ को आय/व्यय विवरण तथा आव २०७८/०७९ को बजेट तथा योजना समेत पारीत गरेको छ । साधारणसभाबाट टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक छबिलाल जैशीको अध्यक्षता आगामी २ वर्षिय कार्यकालका लागि ११ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत निर्वाचित गरेको छ ।
समितीका उपाध्यक्षमा तिलाकणर्ाली बचत तथा ऋण सहकारीका व्यवस्थापक लालबहादुर भण्डारी र अन्नपूणर् बचत तथा ऋण सहकारीका व्यवस्थापक नवराज न्यौपाने निर्वाचित हुनभएको छ । त्यसैगरी महासचिवमा आदर्श बहुउदेश्यीय सहकारीका व्यवस्थापक रुद्र प्रसाद खनाल, सचिवमा नोबेल बचत तथा ऋण सहकारीका व्यवस्थापक नरेन्द्र टमट्टा र कोषाध्यक्षमा मानाङक बचत तथा ऋण सहकारी संस्था अत्तरीयाका व्यवस्थापक प्रकाश कुमार जोशी निर्वाचित हुनभएको छ ।
त्यसैगरी सदस्यहरुमा एकता प्रगतिशिल बचत तथा ऋण सहकारीका व्यवस्थापक शेर बहादुर बोगटी, चुलिमालिका बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णु प्रसाद उपाध्याय, संगम बहुउदेश्यीय सहकारीका व्यवस्थापक अमर कुँवर, नमस्ते बचत तथा ऋण सहकारीका व्यवस्थापक विजय चौधरी र सुदूरपश्चिम बहुउदेश्यीय सहकारी सहकारीका व्यवस्थापक टीकाराम जोशी निर्वांंचित हुनुभएको छ । निर्वाचित पदाधिकारी तथा सदस्यहरुले शनिबार नै सपथ ग्रहण तथा पदस्थापन गरेका छन् । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समिती कृष्ण रावलले सपथ ग्रहण गराउनु भएको थियो । ३ सदस्यीय निर्वाचन समितीमा नेफ्स्कुन धनगढी सेवाकेन्द्र प्रमुख योगेश बोहरा र चुडामणी भट्टराई सदस्य रहनुभएको थियो ।
संस्थाले निकट भविष्यमा सहकारी सम्बन्धि उच्च स्तरिय तालिमको आयोजना गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *