वीरेन्द्र क्याम्पसको १७ औं वार्षिकोत्सब सम्पन्न

शेयेर गर्नुहोस


टीकापुर २३ फागुन /
वीरेन्द्र विद्या मन्दिर क्याम्पसको १७ अाैं वार्षिकोत्सब तथा अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ ।
कार्यवाहक गुठीयार प्रमुख एंव क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रसिंह बमको अध्यक्ष्ातामा भएको वार्षिकोत्सव कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा. देवराज अधिकारीले क्याम्पस १७ औं वर्ष पार गरेर १८ अाैं वर्षमा प्रवेश गरेकोमा शुभकामना दिँदै नेपालका विश्वविद्यालयहरुले उच्च शिक्षाको विकासमा ठुलो योगदान पुर्याएको बताएका छन् ।उनले अहिलेको शैक्षिक गुणस्तरमा व्यापक सुधार गर्नुपर्ने अवस्थाको सिर्जना भएको बताउँदै शैक्षिक गुणस्तर आवश्यकता अनुसार परिवर्तन गर्न सकिएन भने त्यसले जनशक्ति उत्पादनमा समस्या ल्याउने बताए ।
“विश्वविद्यालय भित्रको शैक्षिक वातावरण र शैक्षिक शैक्षिक गुणस्तरलाई जबसम्म हामीले कायम गर्न सक्दैनौं तबसम्म विश्वविद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सक्दैनौं ।” उनले भने “नेपालमा शिक्षालाई निरन्तरता दिने हो भने शिक्षालाई मात्र हैन, शिक्षासँगै रोजगारीमा जोड दिन जरुरी छ ।” रोजगारीलाई सँगसँगै जोडेर पठनपाठन हुन नसक्दा नेपाली शिक्षाबाट भविष्य सुनिश्चित नभएको भन्दै दिनहु हजारौं विद्यार्थीहरु बाहिरिनु परेको बताउँदै उनले नेपाल सरकारबाट उच्च शिक्षा विकासका लागि वर्षिक करिब २० अर्ब रुपैयाँ लगानी गर्दै आएको समेत बताएका छन् ।
उनले आउदो आर्थिक वर्षका लागि नेपाल सरकारले २० अर्ब रुपैयाँ र वल्र्ड बैंकको सहयोगमा डेड अर्ब गरि २१ अर्ब ५० करोड रुपैयाँ बराबरको शिक्षामा बजेटको सिलिङ तोकी सकेको समेत बताएका छन् । वार्षिकोत्सब कार्यक्रम सम्बोधनका क्रममा अधिकारीले गएको ६ महिनामा विदेश पढ्न जाने विद्यार्थीहरुले ५८ अर्ब रुपैयाँ खर्च गरेर गरेको बताएका छन् । “नेपाल सरकारले शिक्षा क्षेत्रमा वार्षिक २० अर्बको हाराहारीमा खर्च गर्छ तर हाम्रो अभिभावकहरुले ५८ अर्ब रुपैयाँ खर्च गरेर बालबालिकालाई उच्च शिक्षाको लागि विदेश पठाएका छन्। जुन नेपाल सरकारको बजेट भन्दा दोब्बर बढी रहेको छ ।” प्राध्यापक डा अधिकारीले भने, “जबसम्म हामीले शिक्षालाई सिप र रोजगारीसँग जोड्न सक्दैनौं तबसम्म हामीहरुले विद्यार्थीहरुलाई रोक्न सकिने छैन । अझै भनौं भने बोली क्याम्पसहरुले बिद्यार्थी पाउन मुस्किल हुने स्थिति आउन सक्छ ।”
क्याम्पसको वार्षिकोत्सब कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु फकिर सिंह कडायत र ललित थापा सम्मान गरेको थियो । साथै क्याम्पसले उत्कृष्ट शिक्षक सह-प्राध्यापक कृतिसिंह बम, विद्यावारीधी गरेका चक्र प्रसाद अधिकारी र योगेन्द्र प्रसाद बजगाईलाई सम्मान गरेको छ । क्याम्पसको वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रममा विभिन्न किसिमका साँस्कृतिक झल्काउने कार्यक्रमहरु प्रस्तुत गरेको कार्यक्रममा क्यापसले संचालन गरेको खेलकुद प्रतियोगिताका पुरस्कार समेत वितरण गरेको थियो ।
क्याम्पस व्यवस्थापन समितिका सदस्य जगदिश्वर पण्डितले स्वागत गरेको कार्यक्रमको सञ्चालन उप-प्राध्यापक कलावती स्वार र द्वारिका प्रसाद भण्डारीले गरेका थिए ।
क्याम्पसमा हाल एक हजार ९ सय ८१ जना बिद्यार्थी अध्ययनरत रहेका छन् । क्याम्पस प्रमुख हर्कबहादुर भण्डारीले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदनबाट आर्थिक वर्ष २०७९/०८० को दुई करोड ७५ लाख २१ हजार चार सय ७ रुपैयाँ ६ पैसा बराबरको आयव्यय प्रस्तुत गरिएको थियो ।

ताजा खबर

शुक्रबारदेखी भर्ना अभियान सुरु

एक वर्ष अगाडि सकिँदै पुलको काम

फेरि उठ्यो तालतलैया बक्यौताको विषय

Leave a Reply

Your email address will not be published. Required fields are marked *