शेयेर गर्नुहोस
टीकापुर ०३ असार /
युवा व्यवसायी वीरेन्द्र साउँद र गणेश बहादुर शाहीले सुदुरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्र कर्णाली चिसापानीमा होटल व्यवसाय सुरु गरेका छन् ।
पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले साउँद र शाहीको संयुक्त लगानीमा होटल ग्रेट प्याराडाईज एण्ड रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन । यसअघि होटल ग्रेट प्याराडाइजको नेपालगन्जको न्युरोडमा २०८२ मंसिर १३ गते सञ्चालनमा आएको थियो । त्यसको शाखाको रुपमा चिसापानीमा पनि सेवा विस्तार गरिएको सञ्चालक साउँदले जानकारी दिएका छन् ।
उनका अनुसार होटलमा झण्डै डेढ करोड लगानी गरिएको छ । चिसापानीमा मात्रै ३० लाख भन्दा बढी लगानी लागेको बताउँदै साउँदले नेपालगन्जमा एक करोड भन्दा बढी लगानी रहेको बताए । “पर्यटन प्रवर्द्धन र आफ्नै ठाउँमा केही गर्न पर्छ भन्ने सोचका साथ होटलमा लगानी गरिएको छ ।” उनले भने, “यसले स्थानीय स्तरमा रोजगारी सिर्जना देखि व्यावसायिक गतिविधिलाई बढाउने काम पनि गरेको छ ।”
टीकापुरमा ग्रेटहल एजुकेसन कन्सलटेन्शी सुरु गर्दै अध्यापन तथा कामदार भिसामा जापान पठाउन सुरु गएको उक्त समुहले हाल टीकापुर सहित लम्की र नेपालगन्जबाट पनि जापान पठाउने काम गर्दै आएको छ । साउँदले अनुसार २३ जनालाई प्रत्यक्ष रोजगारी समेत दिइएको जानकारी दिएका छन् ।









