शेयेर गर्नुहोस
समाधान समाचार, जेठ ३१/
टीकापुर अस्पताल गेटमा सञ्चालनमा ल्याइएको हेल्पडेस्क २८ दिनपछि बन्द गरिएको छ ।
.कोरोनाको माहामारी उत्कर्षमा पुगेका बेला प्रयास युवा क्लवले टीकापुरले जेठ ४ गते अस्पतालमा आउने बिरामी र सहयोगीलाई लक्षित गरी हेल्पडेस्क स्थापना गरी सञ्चालनमा ल्याएको थियो । हेल्पडेस्कले अस्पताल प्रवेश गर्ने मानिसहरुलाई खानेपानी, मास्क र स्यानिटाइजर उपलब्ध गराउदै आएको थियो । कोरोना प्रभाव घटेको र अब आउने मानिसहरु सावधानीका साथ आउन लागेकाले हेल्पडेस्क बन्द गरिएको सञ्चालक संस्था प्रयास युवा क्लवका सल्लाहकार विक्रम शाहीले जानकारी दिएका बछन । “कोरोनाको संक्रमण उत्कर्समा पुगेका बेला अस्पतालमा आउनेहरुलाई लक्षित गरि हामिले हेल्प डेस्क संचालनमा ल्याएका थियौ ।” शाहिले भने, “अब बिस्तारै अस्पताल आउने बिरामीको संख्यामा कमि आएको र अस्पताल आउनेहरु पनि बिशेश सावधानीका साथ आउन थालेपछि अर्को क्षेत्रमा अभियान संचालन गर्ने लक्ष्यका साथ हेल्प डेस्क बन्द गरेका हौ ।”
दैनिक ३ समूहमा २/२ जनाका दरले खटिएका स्वयंसेवकले यस अवधिमा अस्पताल आउने मानिसलाई आठ सय पेटी पानी, दुई हजार पाँच सय थान मास्क, ३० लिटर सेनिटाइजर सहयोग गरेको संस्थाले जानकारी दिएको छ । क्लवले केही आफ्नै कोष र केही रकम मानवीय सहायता गर्ने दाताहरुको सहयोगबाट जुटाई हेल्प डेस्क सञ्चालनमा ल्याएको क्लवका सचिव विजय भाटले जानकारी दिएका छन ।
संस्थाले यसै अवधिमा अलपत्र परेका व्यक्तिलाई उद्धार समेत गरेको छ । यसपछि केही विपन्न नागरिकलाई राहात वितरणको योजना बनाएको संस्थाका उमेश नाथले बताएका छन । समाजमा युवाहरूले चाहे सबै कुरा सम्भव भएको भन्दै टीकापुर शिविरका २५ परिवार भन्दा बढिलाई राहत वितरण गर्ने योजना रहेको बताएका छन ।
क्लवको आयोजनामा जेठ ३१ गते रक्तदान गरिएको छ नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुरको समन्वयमा भएको रक्तदान कार्यक्रममा २५ जना युवाले रक्तदान गरेका छन् ।