अस्पताललाई ३८ थान अक्सिजन सिलिन्डर सहयोग

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०४ जेठ /
टीकापुर अस्पताललाई मंगलबार ३८ थान अक्सिजन सिलिन्डर रिफिल गरेर सहयोग गरिएको छ ।
इन्जिनियर लक्षमण रावलले सामाजिक संजाल मार्फत सुरुगरेको अक्सिजन फन्डमा देश तथा बिदेशबाट भएको ४९ हजार ४ सय रुपैयाको ३८ थान अक्सिजन सिलिन्डर रिफिल गरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रेम कुमार राईलाई हस्तान्तरण गरिएको अभियानमा आवद्ध निर्पबहादुर रावले बताएका छन ।
उनले अस्पतालमा अक्सिजनको अभावमा कुनै पनि बिरामिले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले अभियान संचालन गरिएको बताउदै आगामी दिनमा पनि आवस्यक स्वास्थ्य सामाग्री सहित अस्पताललाई सहयोग गरिने बताएका छन । यस्तो महामारीको बेला अक्सिजन सहयोग गरेकोमा अस्पतालले धन्यवाद समेत दिएको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *