आयोजनाको निगरानी हुनुपर्छ

शेयेर गर्नुहोस


सम्पादकीय २२ माघ /
राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरीया सिँचाइ आयोजनाको सिँचाइ, नदी नियन्त्रण तथा कृषि क्षेत्रमा ठूलो लगानी भैरहेको छ । काम सप्पन्न हुने सम्झौताअनुसार अब आयोजनाको कामका लागि डेढ वर्ष बाँकी छ । कामको अवस्था हेर्दा अझै आधा भन्दा बढी काम हुन सकेको छैन । बर्सेनि करोडौं रकम खर्च हुँदै आएको आयोजनाले समयमा काम सम्पन्न गर्न सकेन भने के हुने भन्ने चिन्ताको विषय त छदैछ त्यो भन्दा बढी चिन्ता अहिलेसम्म आयोजनाको प्रत्येक्ष अनुगमन हुन सकेको पनि छैन ।
आयोजनाको अनुगमन गर्ने पक्ष नभएका कारण पनि आयोजना मजबुत बन्न नसकेको गुनासो आउने गरेको छ । राजनीतिक पहुँच र पावरका भरमा हुने ठेक्का सम्झौताले आयोजनाको कामलाई प्रभावकारी बन्न दिएको छैन । कर्मचारी र ठेकेदारको मिलेमतो बढी भएको अनुभुती नागरिकहरूमा छ । कर्णाली नदीमा निर्माण भएको तटबन्धको कुरा होस् वा अन्य पुल तथा ड्याम्म निर्माणमा आयोजनाको डिजाइन भरपर्दो बन्न सकेको छैन । वर्षातको समयमा आयोजनाले निर्माण गरेका पुल भन्दा माथी पानीको बहाव पुग्ने गरेको छ । तटबन्धको त कुरै नगरौं । अनि यस्तो अवस्थामा आयोजना दीर्घकालीन होला भन्ने विश्वास कसरी गर्न सकिन्छ ?
आयोजनाको बाहिरबाट सुक्ष्म अध्ययन र निगरानी बढाउने संयन्त्र निकै आवश्यक छ । त्यसमा पनि तीन पालिकासँग जोडिएको आयोजना भएका कारण स्थानीय पालिकाले बढी जिम्मेवार हुनुपर्छ । आयोजनाको फाईदा स्थानीय क्षेत्रमा नै हुने भएकोले स्थानीय सरकार त्यसमा गम्भीर हुनुपर्छ । आयोजनाको काममा निकै लापरबाही छ । त्यसको बारेमा स्थानीय सरकार जानकार भएर पनि नभएजस्तो बन्नु हुँदैन । विशेषगरी तटबन्ध निर्माणको कामलाइ प्रभावकारी बनाएर त्यसलाई दिगो बनाउने तिर आयोजना लाग्नुपर्छ । अर्को जसरी आयोजनाको नाममा भैरहेको चुहावटलाई रोकेर कार्यसम्पादनमा बढी ध्यान पुर्याउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *