एक साता निषेधाज्ञा लम्बाउने निर्णय

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०३ जेठ /
कैलालीमा कोरोना रोकथामका लागी जारी निषेधाज्ञा थप एक साता लम्बिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशासन कार्यालय कैलालीले जेठ १३ गते सम्म निषेधाज्ञा लम्बाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासनका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बसेको बैठकले कोरोना सङ्क्रमण झन् बढ्दो क्रममा रहेको भन्दै निषेधाज्ञाको अवधि लम्बाउन सुझाव दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *