खेलकुद मानसिक विकासको आधार हो : रावल

शेयेर गर्नुहोस


टीकापुर १५ माघ /
सुदुरपश्चिम प्रदेशका पुर्व
आन्तरिक मामिला तथा कानुन मन्त्री डा रणबहादुर रावलले मानसिक विकासको प्रमुख आधार खेलकुद भएको बताएका छन् ।
वि.एम.सी. स्ववियु कप २०८२ को उद्घाटन कार्यक्रममा बोल्दै पुर्व मन्त्री डा रावलले यस्तो बताएका हुन । “खेलकुद मानसिक विकासको प्रमुख आधार हो । जुन कुराले विद्यार्थीहरुलाई अझै सशक्त बनाउँदै लग्छ ।” उनले भने, “विद्यार्थी उमेर उर्जाको उमेर भएका कारण खेलकुदले त्यो उर्जालाई जन सशक्त बनाउँछ ।” डा रावलले क्रीकेटमा सुदुरपश्चिम प्रदेशको भुमिका राष्ट्रिय स्तरमा विशेष रहेको बताउँदै खेलकुदले सामुहिक एकताको विकासमा जोड दिने बताए । टीकापुरले राष्ट्रले गर्व गर्न लायक खेलाडी जन्माएको उल्लेख गर्दै रावलले स्ववियु कपले त्यस्तो इतिहास रच्ने खेलाडी उत्पादन हुनेमा विश्वास व्यक्त गरे ।
वीरेन्द्र बिद्या मन्दिर क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष महेन्द्र सिंह बमले पछिल्लो समय साररीक संकट बढ्दै गएको भन्दै खेलकुदले त्यसलाई कम गर्ने बताए । क्याम्पसका सहायक क्याम्पस प्रमुख डण्डपाणी पोख्रेलले विकासका धेरै आयामहरुमा खेलकुद पनि एक भएको उल्लेख गर्दै खेलकुदलाई समग्र विकासका आयाममा जोड्नुपर्ने बताए । उनले खेलकुद सिकाइको प्रमुख आधार भएको उल्लेख गरे ।
खड्ग स्मृति माद्यामिक बिधालयका प्रधानाध्यापक झनकराज ओझाले खेलकुद पठन सीपको एक पाटो भएको बताएका छन् उनले टीकापुरले कैयौं राष्ट्रिय खेलाडी उत्पादन गरेको बताउँदै अझै सशक्त खेलाडी उत्पादनमा यस्तै प्रतियोगिताले विशेष भुमिका निर्वाह गर्ने बताएका छन् । टीकापुर बहुमुखी क्याम्पसका निवर्तमान स्ववियु सभापति नृपजंग थापाले समाजमा बालबालिका दिनप्रतिदिन जटिल परिस्थितिको सामना गर्दै आएको उल्लेख गर्दै त्यसलाई सहजता तर्फ लैजानको लागि खेलकुद लगायतका कार्यक्रम अपरिहार्य हुने बताएका छन् ।
वीरेन्द्र बिद्या मन्दिर क्याम्पस स्ववियु निवर्तमान सभापति नवीन अधिकारीले क्रीकेटको लोकप्रियता विश्वभर बढ्दै गएको भन्दै खेलाडीहरुलाई यस्तै प्रतियोगितामा सहभागी गराएर व्यावसायिक बनाउन जरुरी रहेको बताएका छन् । कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका सदस्य धनन्जय रिमाल, टीकापुर बहुमुखी क्याम्पस स्ववियु सभापति किरण साउँद लगायतले मन्तव्य राखेका थिए ।
वीरेन्द्र बिद्या मन्दिर क्याम्पका स्ववियु सभापति गोपाल खत्रीको अध्यक्षतामा स्वागत उपसभापति धिरेन्द्र रावलले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचीव मीनराज सार्कीले गरेका थिए । प्रतियोगितामा १६ बिधालयको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ४५ हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *